आज देशभर थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ७४१४ जनामा परीक्षण गर्दा उक्त संख्यामा कोरोना पु्ष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।

यस्तै आज थप १२७१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा कोरानाका सक्रिय संक्रमितको संख्या १२ हजार ७१ रहेको छ ।