सगरमाथाको उचाइ बढ्यो


काठमाडौं, (नेस)

विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । अब सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर भएको छ ।

नेपाल र चीन सरकारले मंगलबार संयुक्तरुपमा सर्वोच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका थिए ।

नेपालले पहिलो पटक आफ्नै साधन स्रोतले सगरमाथाको उचाइ मापन गरेको थियोे । नेपालले करिब दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गरेको थियो ।

गत वर्ष चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता गरेका थिए ।