८० लाखको लागतमा सिँचाइ आयोजना


पाल्पा, (नेस)

करिब ८० लाख रुपियाँको लागतमा पाल्पामा एउटा सिँचाइ आयोजना बन्ने भएको छ। जिल्लाको माथागढी–३ कसेनीमा ‘मोहने सिँचाइ आयोजना’को शिलान्यास गरिएको छ। लुम्बिनी प्रदेश सभा सदस्य नारायणप्रसाद आचार्यले सिँचाइ आयोजनाको शिलान्यास गर्दै यो आयोजनाबाट कृषकको जीवनस्तरमै परिवर्तन आउने धारणा राख्नुभयो।

मोहने फाँटमा २७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य आयोजनाबाट लिइएको छ। आयोजनाबाट माथागढी–२ रुप्से र ३ कसेनी तल्लोथर, दमार, भस्कट्टा, सिकारकोट, ओलेसलगायतका किसान प्रत्यक्ष लाभान्वित हुने छन्।

सिँचाइ सुविधा पु¥याउन १२४५ मिटर लामो नहर बनाउने र त्यसबाट स्थानीय फाँटमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ।

यही वर्षको चैत मसान्तसम्म सम्पन्न गर्ने गरी सिँचाई आयोजनाको काम शुरू भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख शंकर थापाले बताउनुभयो।

सिँचाइको सुविधा भएपछि चैते बाली, बर्खे बाली र हिउँदे बाली लगाउन सकिने र किसानहरुको आयआर्जनको स्रोतमा समेत बृद्धि हुने अपेक्षा गरिएको छ।