पार्किङ गरी राखेको मोटरसाइकल जलेर नष्ट


अमृत अर्याल, स्याङ्जा ।

स्याङ्जाको गल्याङ नगरपालिकामा पार्किङ गरेर राखेको मोटसाइकल जलेर नष्ट भएको छ । गल्याङ नगरपालिका वडा नं २ गराङ्दी खुसी चोकस्थित सडकमा पार्किङ गरि राखेको मोटसाइकल जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सोही ठाउँ बस्ने बीर बहादुर रानाको ग. ४ प ४२६४ नम्बरको मोटरसाइकलमा राति आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ ।

साथै उक्त आगलागीबाट नजिकै रहेको ग. ४ प २५८१ नम्बरको मोटरसाइकल समेत जलेर आंशिक क्षति भएको प्रहरीले बताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।