युनाइटेडको पुनरागमन जित


लन्डन, (एजेन्सी)

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको १०औं साताको खेलमा युनाइटेडले पुनरागमन जित निकालेको छ ।
अवे मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर युनाइटेडले ३–१ गोलअन्तरको जित निकाल्न सफल भएको हो । युनाइटेडले दोस्रो हाफमा १४ मिनेटको अन्तरालमा तीन गोल गर्दै तीन अंक आफ्नो पोल्टामा पारेको छ ।

युनाइटेड आफ्नै घरेलु मैदानमा खेलको ३८औं मिनेटमा एक गोलले पछि परेको थियो । थोमस सोचिकले गोल गरेर वेस्टह्यामलाई १–० को अग्रता दिलाएका थिए । वेस्ट ह्यामले उक्त अग्रतालाई खेलको ६४औं मिनेटसम्म जोगाएका थिए । तर, खेलको ६५औं मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेजको पासमा पाउल पोग्बाले डिबक्स बाहिरबाट शक्तिशाली प्रहारमा गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ६८औं मिनेटमा युनाइटेडका लागि युवा स्टार मासोन ग्रिनउडले डिबक्स भित्रबाट लो सटमा गोल गरेपछि युनाइटेडले खेलमा २–१ ले अग्रता लियो । त्यसपछि खेलको ७८औं मिनेटमा माटाको पासमा मार्कुस रासफोर्डले गोल गरेपछि खेल युनाइटेडले खेल ३–१ ले जित्यो । उक्त जितपछि युनाइटेडले १० खेलबाट १९ अंक जोडेको छ । वेस्ट ह्यामको भने ११ खेलबाट १७ अंक रहेको छ ।

त्यस्तै, जारी सिजन कमजोर सुरुआत गरेको अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीले पनि जित आत्मसात गरेको छ । शनिबार भएको लिगको १०औं साताको खेलमा सिटीले आफ्नो घरेलु मैदानमा पाहुना टोली फुलह्यामलाई २–० गोलअन्तरले हराउँदै जारी सिजनको पाँचौं जित आत्मसात ग¥यो ।

सिटीलाई आफ्नो घरमा जिताउने क्रममा खेलेको पाँचौं मिनेटमा रहिम स्टर्लिङले गोलको खाता खोलेका थिए । त्यसपछि खेलको २६औं मिनेटमा सिटीका केभिन डे ब्रुयेनेले पेनाल्टीमार्फत अग्रता दोब्बर पार्दै सिटीको जित सुनिश्चित पारे । जितपछि सिटीको १० खेलबाट १८ अंक भएको छ । पराजित फुलह्यामको भने मात्रै ७ अंक रहेको छ ।