देशभर थप १ हजार ९६ जनामा कोरोना संक्रमण, १७ संक्रमितको मृत्यु



न्युज अफ नेपाल, काठमाडौँ ।

आज देशभर थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या १ लाख ४० हजार ९ सय ८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै १ हजार ७ सय ५२ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख २५ हजार ८ सय ५ जना पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७ जना संक्रमितको मृत्यु भएको छ । योसहित मृतकको संख्या १ हजार ५९४ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

हाल देशभर १३ हजार ५ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्