विश्वभरी खोप पुर्याउन जम्बो जेट्सलाई ८ हजार उडान भर्नु पर्ने, अभियान दुई बर्ष लाग्ने


पेरिस (एजेन्सी)

कोरोना भाइरस विरुद्ध खोप विकसित भइ केही अनुमोदित भइसेकेका छन् भने केही अनुमोदनको प्रक्रियामा छन् । खोप तयार भइ उत्पादन प्रक्रिया सुरु भयो भने पनि विश्वको ७ अर्ब भन्दा बढी आवादीसम्म पुर्याउनु सहज नहुने विज्ञहरुले बताएका छन् ।

यो एक ठुलो चुनौती हुने छ, जसलाई पुरा गर्न १ सय १० टन क्षमताको जम्बो जेट्ले ८ हजार चक्कर लगाउनु पर्ने छ । १४ अर्ब डोज विश्वभरीका नागरिकसम्म पुर्याउने यो अभियान दुई बर्षसम्म चल्नेछ । खोप स्थानिय तहसम्म पुर्याउन विमानको आवश्यकता मात्र होइन, बस, गाडी, ट्रक र मोटरसाइकल, साइकलको पनि मद्दत लिनु पर्ने हुन्छ । केही इलाकामा त पैदल नै यो खोप लिएर जानु पर्ने हुन्छ ।

इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए)ले सामाजिक सन्जाल पोस्टमा उक्त कुराको उल्लेख गरेको हो । संस्थाले लेखेको छ, ११० टन क्षमताको बोइंग ७४७ विमानलाई ८ हजार चक्कर लगाउनु पर्ने छ । तब मात्र खोपसम्म पहँुच हुने छ ।

यो बाहेक तापक्रम नियन्त्रण र अन्य आवश्यकताहरुलाई पनि विशेष ध्यान दिनु पर्नेछ । विशेष गरी फाइजरको खोप, जसलाई बेलायत र अमेरिका सहित युरोपेली संघका अन्य देशबाट सबैभन्दा पहिला अनुमोदन प्राप्त हुने अपेक्षा गरेको छ, का लागि ६ महिनासम्म सुरक्षित र प्रभावकारी राख्न माइनस ७० डिग्री सेल्सिय तापक्रममा राख्न आवश्यक हुनेछ ।

आईएटीए प्रमुख एलेक्ज्यान्ड्रे डी जुनियाकले भनेका छन् , यो विश्वको सबैभन्दा ठुलो र सबैभन्दा जटिल लजिस्टिक एक्सरसाइज हुन गइरहेको छ । विश्वकै ध्यान हामीमा केन्द्रित छ ।

लुफ्थान्जाको अप्रिलमै तयारी शुरु
ब्लुमबर्गको एक प्रतिवेदन अनुसार विश्वको सबैभन्दा ठुलो कार्गो क्यारियर्स मध्यको एक लुफ्थान्जाले अप्रिल मै खोप डेलिभरीको योजनामा काम शुरु गरेको थियो । उक्त हवाई संस्थाले २० जनाको टास्क फोर्स बनायो ताकी मोडेर्ना, फाइजर वा एस्ट्राजेनेकाका खोप विश्वको कुना कुनासम्म पुर्याउन सकुन् । उक्त एयरलाइन्ससँग रहेका १५ बोइंग ७७७ र एमडी ११ मालवाहक जहाजमा कसरी ठाउँ बनाउने भन्ने अहं प्रश्न टास्क फोर्स समक्ष थियो । २५ प्रतिशत सामान बोक्ने क्षमतामा उडान भरिरहेका यात्रुवाहक विमानका कस्तो परिवर्तन गर्न सकिन्छ त्यसको योजना बनाइरहेका थिए ।

लुफ्थान्जाको उक्त टास्क फोर्सका प्रमुख थार्टन ब्रानले भने, हाम्रो समक्ष क्षमता कसरी बढाउने भन्ने नै हो ?
विश्व स्वास्थ्य अर्गनाइजेसन (डब्ल्युएचओ)मा इम्युनाइजेसन प्रमुख क्याथरिन ओ ब्रायनले गत हप्ता खोपको डेलिभरी गर्नु माउन्ट एभरेस्ट चढ्न भन्दा कठिन काम भएको बताएका थिए । महिनौंसम्मको मेहनतपछि खोप बनाउनु भनेको एभरेस्ट बेस क्याम्पसम्म पुग्नु हो ।

समस्या ः
खोप ढुवानी र खोपसम्म सबैको पहुँच पुर्याउनमा कार्गो क्षमता, डिप फ्रिज, भन्डारण, गरिबसम्म खोप पुर्याउनु, र अस्थिर खोप पाँच प्रमुख समस्या हुने बताइएको छ ।

कार्गो क्षमता ः अहिले विश्वमा २ हजार मालवाहक विमानको प्रयोग भइरहेको छ । विश्वको आधा सामानको हवाइ ढुवानी यी विमानहरुबाट भइरहेको छ र बाँकी सामान २२ हजार नियमित विमानहरुबाट हुने गरेको छ । कोरोनाका कारण अहिले नियमित उडानमा रहेका विमानको संख्यामा भारी कटौती भएको अवस्था छ ।

डिप फ्रिज ः फाइजर बायोएनटेकको खोप माइनस ७० डिग्री सेल्सियसमा ढुवानी गुर्न पर्ने हुन्छ । यो अन्टार्कटिकाको जाडोको तापक्रम भन्दा पनि कम हो । कम्पनीहरुले जीपीएस इनेवल्ड थर्मल सेन्सरको प्रयोग गर्ने योजना बनाएको छ । यसमा खोपको सिपमेन्टको लोकेसन तथा तापमान ट्य्राक गर्न सकिने बताइएको छ । जमिनमा पनि खोपलाई अति कम तापक्रमको फ्रिजर्समा राख्नु पर्ने हुन्छ , अनी मात्रै यसको प्रयोग ६ महिनासम्म गर्न सकिने हुन्छ । अहिलेकै अवस्थामा कुनै पनि विमानमा बस्तुलाई यति चिसोमा राख्ने ब्यवस्था छैन ।

स्टोरेज ः खोपको भन्डारण पनि धेरै ठुलो हो । ठुला महानगरसँग मात्र डिफ फ्रिज क्षमता छ । युनाइटेड पार्सल सर्विसेजसँग कुल ६ हजार डिप फ्रिजर छन् जसमा माइनस ० डिग्री सेल्सियस कम तापक्रममा खोपको ४८ हजार डोज स्टोर गर्न सकिनेछ । फेडएक्स कर्पले आफनो कोल्ड चेन नेटवर्कमा फ्रिजर तथा रेफ्रिजेरेटेड ट्रक्सको संख्या बढाएको छ ।

गरिबसम्म खोप पुर्याउनु ः मेनुफ्याक्चरिंग युनिबाट कुनै ठुलो अस्पताल वा सहरमा खोपका डोज पुर्याउुन सहज छ । तर विकासशिल तथा गरिब देशमा यो काम अत्यन्तै कठिन हुने छ । गाउँ र साना सहरमा आवश्यक संरचना नभए सरह हो । युनिसेफले नोभेम्बरमा नै ४० क्यारियर्सलाई विश्वका ९२ सबैभन्दा गरीब देशसम्म खोप पुर्याउने योजना बनाएर दिन भनेको छ । एजेन्सीको प्रयास विश्वको ७० प्रतिशत आवादीलाई खोप पुरयाउनु रहेको छ ।
खोपको अस्थिरता ः विश्वको सबैठाउँमा डिप फ्रिजर छैन । यो फ्रोजन खोप अत्यन्तै अस्थिर हुन्छ । खोप विकसित गर्नेले त्यसलाई स्थिर बनाउने काम गर्नु पर्ने छ । विश्वका सबैभन्दा ठुला खोप निर्माता भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले पाँच डेभलपर्ससँग सम्झौता गरिसकेको छ । एस्ट्राजेनेकाका ४ करोड खोप बनाइसकेको छ । छिट्रटै कम्पनीले नोवाभ्याक्सको खोप बनाउने काम पनि शुरु गर्नेछ ।