‘राष्ट्रवादी’ हौँ भनेर दावी नगर्न राजावादीहरूलाई भट्टराईको चेतावनी

0
Shares

काठमाडौं ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराजा र राजावादीहरु राष्ट्रवादी नभएको बताएका छन्।

पछिल्लो समय देशभर राजतन्त्रको पक्षमा भइरहेको प्रदर्शन र जुलुसलाई संकेत गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईले अरू जेसुकै दावी गरे पनि आफूलाई ‘राष्ट्रवादी’ हौँ भनेर दावी नगर्न पूर्वराजा र राजावादीहरूलाई चेतावनी दिएका हुन्।

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै डा भट्टराईले राजवादीहरुले देशभित्र र बाहिर धर्मको राजनीति गरिरहेको र त्यो कुरा नेपाली जनताले बुझेको उल्लेख गरे ।

उनले राजवादीहरुले देश बाहिर भइरहेको धर्मको राजनीतिसँग राजावादीहरुको सालनाल जोडिएको कुरालाई नेपाली जनताले बुझेको भन्दै भ्रममा नपार्न चेतावनी दिएका हुन्।

ठूलो परिवर्तनपछि नेपालमा गणतन्त्र ल्याइएको भन्दै यसको जग हल्लिँदा आउने अस्थिरताले देशको भविष्य के हुन्छ भन्ने बारेमा सोच्न समेत उनले राजावादीहरुलाई आग्रह गरेका छन्।

‘पूर्वराजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफुलाई ’राष्ट्रवादी’चैं नभनून्!, उनको जस्तो धर्मको राजनीति देशबाहिर कस्ले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानून्। नेपालमा गणतन्त्रको जग हल्लिँदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ, सोचून्!’, उनले लेखेका छन्।