बर्दिबास घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

0
Shares

काठमाडौं।

महोत्तरीको बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाप्सा खातुनको हत्या विरोधमा प्रदर्शनमा उत्रिएकामाथि भएको दमनको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

हत्या विरोधमा उत्रिएकाहरु मध्य एक जनाको प्रहरीले चलाएको गोलीका कारण ज्यान गएको थियो। अन्य केही प्रदर्शनकारी पनि घाइते भएका थिए । उक्त घटनाको छानबिन गर्न मन्त्रालयले उपसचिवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

मृत बालिकाको परिवार, प्रदर्शनमा घाइते भएका र मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहत दिने कामसमेत मन्त्रालयले अघि बढाएको विज्ञप्तिमा उल्लेख छ ।