प्रहरीलाई गालीगलौज गर्ने पक्राउ

0
Shares

अमृत अर्याल, स्याङजा

स्याङ्जाको पुतलीबजार नगरपालिका बस्ने एक युवक फेसबुकमार्फत प्रहरीलाई गालीगलौज गरेको आरोपमा प्रक्राउ परेका छन् ।

पुतलीबजार नगरपालिका वडा नं १ बस्ने २० वर्षीय निसान थापा क्षेत्रीले फेसबुकमार्फत प्रहरीलाई गाली गलौज गरेको आरोपमा निजको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय स्याङ्जाले १ जना मानिससहित ४ केजी ५०० ग्राम गाँजा बराबद तथा प्रक्राउ गरेको सम्बन्धमा फेसबुक मार्फत प्रहरीलाई अश्लिल भाषा प्रयोग गरी गालीगलौज गर्ने, कानुन कार्यान्वयनमा नै चुनौति दिएपछि पक्राउ गरिएको हो । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।