तरूणहरूलाई सशक्त बनाउन विभाग प्रमुख भण्डारीको निर्देशन

0
Shares

न्युज अफ नेपाल, काठमाडाैँ ।

नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले तरुण दललाई सशक्त बनाउन निर्देशन दिएका छन् ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेत सहित उपाध्यक्ष उत्तम चापागाई र कोषाध्यक्ष विद्धान गुरुङ संग तरुण विभागमा भएको भेटघाटमा विभाग प्रमुख भण्डारीले सो निर्देशन दिएका हुन् ।

कोरोनाको कहरले मुलुकको अवस्था अत्यन्त नाजुक भईरहेको वर्तमान सरकार भ्रष्टचारमा लिप्त भईरहेको हुँदा तरुण दलले खरो रुपमा विरोध गर्नुपर्नेमा विभाग प्रमुख भण्डारीले जोड दिएका थिए ।

त्यस्तै तरुण दललाई मजबुत बनाउने विषयमा समेत विशेष ध्यान दिन प्रमुख भण्डारीले आग्रह गरेका थिए । भेटघाटका क्रममा तरुण दलका अध्यक्ष बस्नेतले तरुण दलले सरकारको गलत कार्यको विरोध गर्ने बताएका थिए ।