गुल्मीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्याे

0
Shares

गुल्मी ।

गुल्मीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका इश्मा गाउँपालिका ४ हुलका १९ बर्षका फर्सुराम थापाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

शुक्रबार बिहान जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलमा लु १ ज ११६६ नंम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो। ​

मृत्यु हुनेमा इश्मा ४ का ६५ वर्षीय डम्मबरबहादुर धिताल, ३३ वर्षीय चिबबहादुर दर्लामी , ३० वर्षीय वशन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र गुल्मीकै मालिका गाउँपालिका ५ की ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

याे पनि

गुल्मीमा जीप दुर्घटना हुँदा ५ को मृत्यु, ३ घाइते