लोकन्थलीबाट जिउँदो सालकसहित दुई पक्राउ

0
Shares

पुष्करराज बुढाथोकी, भक्तपुर ।

प्रहरीले जिउँदो सालक सहित दुई जनालाई मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ शितली गाउँपालिका–३ झार्लाङ्दी घरभई काठमाडौ महानगरपालिका–२६ कपुरधारा बस्ने २७ वर्षीय ध्रुबबहादुर मगर र सोही ठाउँमा घरभई काठमाण्डौ महानगरपालिका–२६ लैनचौर बस्ने ३१ वर्षीय भिमबहादुर मगर रहेको प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

सालक बोकेर हिडिरहेको भन्ने सूचना आएपछि प्रहरी परिसर भक्तपुरको टोलीले लोकन्थलीबाट पक्राउ गरी अनुसन्धान गर्दा भिमबहादुर मगर सशस्त्र प्रहरीका जवान रहेको र उनको साथबाट प्रहरीको परिचय पत्र बरामद भएको उहाँले जानकारी दिनुभयो ।

यूरिया मलको ५० केजीको बोरा भित्र प्लाईको बाकसमा जिउँदो सालक बोकेर हिडिरहेको अबस्थामा पक्राउ परेका उनीहरुलाई प्रहरीले थप अनुसन्धानका लागि सालकसहित जिल्ला वन कार्यालय भक्तपुर बुझाएको छ ।

उनीहरुको साथबाट बिभिन्न बैंकका चेकबुक, एटिएम कार्ड, मोवाईललगायतका बिभिन्न सामाग्रीहरु बरामद गरेको छ ।