बनेपामा शुरु भयो चिकेन स्टेशन

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे । 

बनेपामा चिकेन स्टेशनको २३ औ शाखा शुभारम्भ गरिएको छ । उपत्यका बाहिर बुटवल, चितवन र पोखरा पछि काभ्रेको बनेपामा २३ औ शाखाका रुपमा चिकेन स्टेशन शुभारम्भ गरिएको हो ।

काभ्रेका युवा ब्यवसायीहरु सन्देश लामा, इन्द्रजित लामा, सत्यमान लामा र राजेश केसीको १ करोड ३० लाख लगानीमा बनेपाको ब्यस्त चोक चाँदनी चोकमा चिकेन स्टेशन शुभारम्भ गरिएको हो । बुधबार एक कार्यक्रमका बीच उक्त स्टेशनको शुभारम्भ गरिएको छ । विहान ८ बजे देखि राति ९ बजेसम्म खुल्ला रहने उक्त स्टेशनले निशुल्क होम डेलिभरीको ब्यवस्था गरेको छ । कोभिडको समयमा ग्राहकहको सुरक्षाका लागि बनेपाका सबै वडाहरु, पनौती र धुलिखेल तथा आसपासका क्षेत्रमा समय लिएर घर घरमै पुर्‍याउने गरी तयारी गरिएको संचालक सन्देश लामाले बताउनु भयो । काठमाडौको झम्सिखेलमा पहिलो चिकेन स्टेशन शुरु भएको थियो । चिकेनका विभिन्न परिकारहरु उक्त स्टेशनमा उपलब्ध हुनेछ । कम शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराउने उदेश्यले चिकेन स्टेशनको शुभारम्भ गरिएको संचालक लामाले बताउनु भयो ।

‘महङ्गो मुल्य तिर्न सक्ने देखि सामान्य अवस्थाका ब्यक्तिहरुलाई समेत चिकेन स्टेन प्रमुख गन्तब्य बन्नेछ’–संचालक सन्देश लामाले भन्नुभयो–‘एकै पटक एक सय जनालाई सेवा दिन सक्ने गरी मासिक १ लाख ८० हजार रुपैया भाडा तिरेर चिकेन स्टेशन संचालनमा ल्याएका छौं ।’ घरजग्गा कारोवारमा मन्दी आएसँगै होटल ब्यवसाय शुरु गरिएको उहाँले बताउनु भयो । कोरोना भाईरसका कारण लकडाउन हुनु अगाबै संचालनको तयारी गरिएको भए पनि केहि समय ढिला भएको उहाँले बताउनु भयो । स्वास्थ्य मापदण्ड पुरा गरी होटल संचालनमा आए पछि बनेपामा चिकेनका पारखीहरुमा खुशी छाएको छ ।