अर्थमन्त्री पौडेलविरुद्ध गृहनगर बुटवलमा कालोझण्डा

0
Shares

यमलाल भुसाल, बुटवल ।

अर्थमन्त्री विष्णु पौडेललाई बुधबार बिहानै गृहनगर बुटवलमा कालो झण्डा देखाएका छन् ।दोस्रो पटक अर्थमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रुपन्देही आउनु भएका पौडेललाई नेपाली काँग्रेको भातृ संगठनहरु नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघले बुटवलमा कालोझण्डा देखाएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव समेत रहनु भएका पौडेलले लुम्बिनी प्रदेशको राजधानीसँग अर्थमन्त्रीपदसंग साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्क (नेपालगञ्जरोड)मा कालोझण्डा देखाएका हुन् ।

रुपन्देहीको सैनामैनाका बिभिन्न कार्यक्रममा सहभागी हुन त्यतर्फ जाँदै गर्नु भएका पौडेललाई काँग्रेस कार्यकर्ताहरुले कालो झण्डा प्रदर्शन गर्दै पौडेल बिरुद्ध नाराबाजी गरेका थिए ।

पौडेलको सुरक्षामा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएपनि काँग्रेस कार्यकर्ताहरुले सुरक्षाघेरा छिचोल्दै कालो झण्डा प्रदर्शन गरेका हुन् ।

प्रदेशको राजधानी सार्न गरिएको षडयन्त्रका बिरुद्ध पौडेलले देखाएको मौनताको बिरोधमा कालो भण्डा प्रदर्शन गरिएको नेपाली काँग्रेस बुटवल उपमहानगरका सभापति खेलराज पाण्डेले बताउनु भयो ।

पौडेल बिरुद्ध हुनसक्ने सम्भावित बिरोध प्रदर्शनलाई मध्यनजर गरी बुटवल लगायत उहाँ सहभागि हुने कार्यक्रम स्थल वर पर व्यापक रुपमा सूरक्षाकर्मी परिचालन गरीएको छ ।