सल्यानको खलंगा बजार एक साताका लागि सील

0
Shares

न्युज अफ नेपाल, सल्यान ।

धमाधम कारोना संक्रमितहरु भेटिन थालेपछि सल्यान सदरमुकाम खलंगा बजार एक साताका लागि सिल गरिएको छ । कोरोना भाइरस संक्रमित देखिएपछि जिल्ला प्रशासन कार्यालय सल्यानले मंसिर ९ गतेदेखि मंसिर १५ गतेसम्म सिल गरेको हो । खलंगा बजार क्षेत्रमा ५ गते नमुना स्वाब परीक्षण गरिएकोमा सर्वसाधारण र कर्मचारी गरी १० जनाको रिर्पोट पोजेटिभ देखिएको छ ।

अत्यावश्यक सेवा खाद्यन्न, डेरी, तरकारी, फलफूल व्यवसाय बिहान ८ बजेदेखि ९ः३० सम्म खुल्ला रहने प्रशासनद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । अत्यावश्यक सेवा बाहेक अन्य सबै पसल व्यावसाय, होटल, नागरिकका घरहरु पूर्ण रुपले सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ ।

शारदा नगरपालिका वडा न २ डाँडागाउँ बजारको जोरपिपलदेखि खलंगा बजार मिलन होटल पूर्वका सम्पूर्ण क्षेत्रहरु, खलंगा बसपार्कदेखि नेपाल बैंक लिमिटेड पूर्वका सम्पूर्ण क्षेत्रहरु सिल गरिएको प्रशासनद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

निषेधित क्षेत्रमा निषेधित कार्य कसैले गरे गराएको पाइएमा कोभिड संक्रमण फैलाउने कार्य गरे गराएको कसूर मानी कसूरदारलाई प्रहरी मार्फत नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० बमोजिम तत्काल तोकिएको जरिवाना वा कैद सजाय हुने प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताउनु भयो ।