बालकृष्ण मैनाली
अदालतमा मुद्दा दर्ता गर्ने सवाललाई लिएर पहिला जो आफूलाई अन्याय प¥यो भनेर लिखतका साथ अदालतको ढोका ढकढक्याउन जान्छ, त्यसरी पहिला पुग्ने व्यक्तिलाई कानुनी भाषामा वादी भन्ने प्रचलन छ । जसलाई अन्याय ग¥यो भनेर आरोप लगाएको हो उसले लिखतका साथ जवाफको रुपमा फर्काए पनि र नर्फकाए पनि आरोपित व्यक्तिलाई कानुनी भाषामा प्रतिवादी भनिन्छ ।
दलीय एकतापछि नेकपा बनेको दलमा दुई अध्यक्ष विराजमान छन् । आन्तरिक कलहले सीमा नाघेपछि अहिले दुवै अध्यक्ष राजनीतिक अंशियारको रुपमा एकले अर्कालाई ‘म वादी, तँ प्रतिवादी’ को तहसम्म उत्रेर आरोप–प्रत्यारोप गर्दै जग हँसाइरहेका छन् ।
राजनीतिक भाँडभैलो देशको विशेषता बन्न पुगेको छ । यसै बीच एकताको नाउँबाट देश समृद्धिमा पु¥याउने भनी लागिपर्दै आएका राजनीतिक अंशियारहरुबीच आ–आफू वादी भएको दाबी गर्दै चलिरहेको मुद्दाले देशको कथित राजनीतिक धार कता मोडिने हो, तत्कालै अनुमान गर्न सकिने अवस्था छैन । नाउँमा एकता भने पनि काम र व्यवहारमा चाँहि फरक–फरक धारका राजनीतिक अंशियारहरुबीच एक–आपसमा चल्दै आएको द्वन्द्व देशको महत्वपूर्ण चाडबाडको समयमा पनि जारी रह्यो ।
चाडबाडकै पूर्वसन्ध्यादेखि खटपटमा रुमल्लिँदै रहेका राजनीतिक अंशियारहरु आपसमा भएको हानथाप र आरोप–प्रत्यारोपले वर्तमानसम्म आइपुग्दा सीमा पार गर्दै एक–आपसमा वारपारको स्थिति निम्त्याएर नतिजाको प्रतीक्षा गरिरहेका छन् । दुई पृथक धारमार्फत अगाडि बढ्दै गरेका दलहरु ‘एउटै राजनीतिक दलमा समावेश भयौं, अब हामी दुई अध्यक्षहरुको माध्यमबाट जनताको समस्या सम्बोधन गर्छौं’ भनी लागिपरेका राजनीतिक अंशियाहरुले एउटा अंशियार सत्ताको दम्भले उन्माद अर्को अंशियार आफू अनुकूल सत्तामा हालिमुहाली नभएको कुण्ठाका कारण छुट्टै उन्माद प्रदर्शन गर्दे जग हँसाइरहेका छन् । उति बेला नै यो दुई विभिन्न ध्रुवको मिलनले सार्थकता ग्रहण गर्न सक्दैन भनेर भविष्यवाणी गर्ने भविष्यवेत्ताहरुको भविष्यबाणी सत्य साबित हुने दिशातिर अग्रसर भैरहेको छ ।
जनहितका लागि संसारमा विभिन्न खाले प्रयोग गर्ने गरिन्छ । नौलो प्रयोग गर्ने विषयमा राजनीति पनि अछूतो रहँदैन । फरक–फरक खाले नयाँ र नौलो राजनीति प्रयोगको माध्यमबाट संसारका कतिपय देशहरुले आफ्नै किसिमले प्रगति गरिरहेका छन् । यसै परिवेशमा हाम्रो देशमा राजनीति नामाकरण जे गरे÷गराए पनि पनि एउटै दलमा दुई अध्यक्ष रहने नौलो प्रयोगको शुरुवात भएको थियो ।
कतिपय आलोचक तथा समालोचकहरुले यो एकताले दीर्घजीवन प्राप्त गर्न सक्दैन भनेर ठोकुवा गर्दै आएका थिए, तथापि दुवै अध्यक्षको धेरथोर कमजोरी हँुदाहँुदै पनि समालोचक र आलोचकहरुका ठोकुवालाई अतिरजञ्ना भन्दै धेरै जनजनले कथित एकतामा विश्वास गरे । आफ्नो विश्वासको मतद्वारा दुई तिहाइको नजिक पु¥याए । त्यति मात्रै होइन, खास योग्यता र क्षमता भएको विशिष्ट व्यक्तित्व राष्ट्रपतिमा चयन गरिनुपर्नेमा आफ्नै दलका कार्यकर्तालाई राष्ट्रपतिजस्तो जिम्मेवारी पदमा आसीन गराइँदा पनि जनजन चुइँक्क बोलेनन् ।
विडम्बना, जनजनले यति विश्वास गर्दा पनि जनजनको विश्वासलाई घात गर्दै अंशियारका रुपमा मात्र अध्यक्षद्वयले आ–आफ्नो भूमिका निभाउने कार्य गरे र अन्ततः आजको दिनसम्म आइपुग्दा दुवै अध्यक्ष आ–आफू मात्र वादी भएको हैसियतमा ओर्लेर अनापसनाप भरिएको फिरादपत्र, बकपत्र र चिठ्ठीपत्र एक–अर्कालाइँ आदानप्रदान गर्ने तहसम्म उत्रिन पुगे ।
एकता भएको केही समयदेखि नै यिनीहरुको एक–आपसमा एकले अर्कोलाई गरिने हिलो छ्यापाछ्यापले उसै लज्जित बनिरहेका मतदाताहरु पछिल्लो घटनाक्रमहरुले थप लज्जित बन्न पुगेका छन् । एकातिर एक अध्यक्षले अर्को अध्यक्षलाई आरोप–प्रत्यारोप गर्दे बकपत्र र चिठ्ठीपत्रमार्फत आफू मात्रै राजनीतिक अंशियारको रुपमा प्रमाणित गर्ने कोशिश गर्दै छन् भने अर्कोतिर बीचका अपुताली खोज्ने अंशियारहरु आफूलाई अपुताली पर्नुपर्ने भन्दै वकिलको भूमिकामा कहिले कुन अशियारकोमा त कहिले कुन अंशियारकोमा धाइरहेका दृश्यले प्रत्येक जनजनको पेट पोलेको छ ।
महामारीका बेला प्रत्येक जनलाई मलहम लगाउनुपर्ने कथित नामधारी नेताहरु आफ्नो राजनीतिक अंश र अपुतालीमा कसरी सुदृढ गर्न सकिन्छ भनेर लागिपरिरहेका छन् । लोकतन्त्रमा आफूलाई अब्बल भनाउँदा दलीय नेताहरुको यो भन्दा लज्जास्पद हार अरु के हुन सक्ला ?
त्यस्तै राष्ट्रपतिको भूमिका संविधान र लोकतन्त्रको रक्षाको लागि दरिलोरुपमा हुनुपर्ने थियो । विडम्बना, देशको राष्ट्रपतिको भूमिका ठीक त्यसको उल्टो कुनै अमुक दलको उसमाथि पनि आफू पूर्वसदस्यको रुपमा रहेको दलमा देखिएको समस्या सुल्झाउनको निमित्त कहिले कुन राजनीतिक अंशियार त कहिले कुन राजनीतिक अंशियारलाई बोलाएर निर्देशन दिने काम भैरहेको छ ।
अदालतमा भएको मुद्दामा मिलापत्रको लागि मेलमिलापकर्ताले भूमिका खेलेझैँ राष्ट्रपतिले कुनै अमुक दलमा उठेको विवादलाई मेलमिलाप गराउन भूमिका खेल्नु भनेको संविधानको मर्मलाई पालना गरेको किञ्चित ठहर्दैन भन्ने जनजनको गुनासो कत्ति पनि अनुचित होइन । यस्ता विषयमा जनजनको मात्रै आपत्ति प्रकट भएको छैन, स्वयं सत्ताधारी दलका सदस्यहरुबाट बेलाबेलामा आपत्तिहरु प्रकट भएको व्यहोरा सार्वजनिक भैरहेका छन् ।
पछिल्लोपटक राजनीतिक मूल अंशियारका अध्यक्षद्वय ‘दुईवटा शेर एउटै पिँजडामा रहन सक्दैनन्’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्न मरिहत्ते गरेर लागिपरिरहेका छन् । यति मात्र होइन, अध्यक्षद्वयमा कसले भनेको कसले मान्ने, नमानेमा कसले कसलाई आफ्नो अनुकूलको विधिमार्फत कारबाही गर्ने भन्ने लडाइँ जोडतोडले चलिरहेको छ । सम्भवतः अदालतमा यो प्रश्न उठाएर आफ्नो हित अनुकूल निर्णय गराउन मिल्ने थियो वा यो विषय पनि अदालतको अधिकार क्षेत्रभित्र पथ्र्याे भने दुवै अध्यक्ष उहिल्यै अदालत पुगिसकेका हुन्थे र आफू अनुकूल न्यायधीशमार्फत आफ्नो पक्षमा अदालतको आदेश जारी गराइसकेका हुन्थे ।
छयालीस सालमा भएको जनआन्दोलनमा भर्खर आमाको गर्भबाट निस्केका शिशुहरु अहिले तीस–एकतीस वर्षका युवा भैसकेका छन् । राणा, पञ्चायत, बहुदलीय व्यवस्था र राजतन्त्रविरुद्ध भएका आन्दोलनमा युवाहरुले साथ दिएको भनेर पटकैपिच्छे भाषण गर्न र जनजनलाई भ्रम छर्न खप्पिस राजनीतिक अंशियारहरुले सत्ता आफ्नो हातमा पारिसकेपछि जनलक्षित तथा युवालक्षित के–के कार्यक्रमहरु पस्केर युवा तथा जनजनमा के परिवर्तन ल्याउन सफल भए त भन्ने कुनै पनि राजनीतिक दलका अंशियारहरुले एकसुकाको फेहरिस्त पनि प्रस्तुत गर्न सकेका छैनन् । जुनसुकै नामधारी दलका राजनीतिक अंशियाहरुले सत्ता सञ्चालन गरे पनि सत्तामा हुन्जेलसम्म विकासै विकास र परिवर्त नै परिवर्तन देख्ने, आपूm सत्तामा नपुगेको बेला विनाश नै विनाश देख्ने रोग नयाँ हुँदै होइन ।
राजतन्त्रमा उब्जिएका र देखिएका गलत पृष्ठपोषणलाई माध्यम बनाई सुदृढ देशको नारा दिँदै राजनीतिक सत्तामा पुगेका सत्तासीनहरुको भनाइ, गराइ र व्यवहारबीचमा देखिएका विसंगतिहरुले राजावादीहरुमा पुनः थप ऊर्जा प्रदान गरेको दृष्टिगोचर भैरहेका छन् । आफ्नै गलत रणनीतिक चिन्तन र व्यवहारले गुमेको राजतन्त्रलाई फर्काउन लागिपरेका थरी–थरी जनहरुलाई समान्य जनजनले आत्मसात् गर्न कत्तिको तत्पर होलान्, यो समयले प्रस्ट्याउने नै छ । तथापि वर्तमानको आवश्यकता भनेको राजतन्त्रको मुद्दा ब्युँताउने नभई नागरिक सरकारको अपरिहार्यताबारे आन्दोलनको खाँचो हो ।
यस मानेमा नागरिक सरकारको गठनले दलीय अधिकार संकुचित हुन पुग्छ कि भन्ने कुनै दलको सोच छ भने सो सोच ‘बनको बाघले खाओस् नखाओस्, मनको बाघले खान्छ कि’ भन्ने सोच मात्रै हो । जनजनको पुनः माया पाउने अवसर दलहरुलाई अभैm छ । जसरी दलहरुलाई सत्तामा पु¥याउनको निमित्त आन्दोलनदेखि मतसम्म साथ र सहयोग जनजनबाट प्राप्त भयो, त्यस्तै साथ र सहयोग दलहरुलाई पुनः प्राप्त हुने कुरामा शंका छैन । तर त्यसको लागि दलहरुले वर्तमानमा नागरिक सरकारको गठनमा सकारात्मक भूमिका निभाउनै पर्दछ । वर्तमान विसंगति दलीय नेतृत्वकै विकृत विचार र अहंको पराकाष्ठा हो भन्ने कुराको दलहरुले हृदयंगम गर्नुको विकल्प छँदै छैन । कम्तीमा दलहरुलाई जनऋण तिर्न पाउने अवसर अभैm छ । वर्तमानमा नागरिक सरकारको गठनमा सघाउ पु¥याएर जनऋण तिर्न दलहरु सफल भए भने पुनः बढीमा पाँच वर्षपछि शासन गर्ने भनेको आन्दोलनमा होमिएका दलका नयाँ युवापुस्ताहरु नै हुन् । यस मानेमा दलहरुले जनऋण तिर्न नागरिक सरकारको गठनमा अठोट लिन अनिवार्य भैसकेको छ ।
सत्तामा पुगेका कुनै पनि राजनीतिक अंशियारहरुले देशमा देखा परिरहेको महत्वपूर्ण समस्याहरुको हल गर्नै सकेन । देशमा मूल समस्याको रुपमा देखा परिरहेको भ्रष्टाचारविरुद्धको सम्बोधन गर्न पनि किन र कोसँग डराइरहेको हो भन्ने जनजनको प्रश्नको समान्य उत्तर दिन पनि आपैmं फसिएला भन्ने डरले कन्जुस्याइँ गरिरहेका छन् । यस अर्थमा स्वतन्त्र नागरिकको सरकार बन्न सकेमा यो मामिलामा पनि विस्तृत छानबिन हुन गई वास्तविकता जनसमक्ष आइपुग्ने कुरामा जनजन विश्वस्त रहेका छन् ।
दलहरुले स्वतन्त्र नागरिक सरकारको गठनमा सहयोग पु¥याउनु एकातिर आपैmंमा महत्वपूर्ण कार्य त हुँदै हो,
त्यसको साथसाथै नागरिक सरकार गठनपश्चात् राज्यका महत्वपूर्ण निकायहरुमा नागरिक सरकारले गर्ने कर्मचारीहरु र पदाधिकारीहरु नियुक्तिमा पनि झमेला नउठाउने र अवरोध नगर्ने अनि स्वतन्त्ररुपमा नागरिक सरकारबाट नियुक्त भएका कर्मचारीहरु र पदाधिकारीहरुमार्पmत भएका अनुसन्धानहरुबाट दोषी देखिएकाहरुलाई कार्यवाहीको दायरामा ल्याउँदाका बखत पनि आफ्नै दलसँग सम्बन्धित रहेको कुनै व्यक्ति वा आपूm नै भए पनि कुनै अवरोध सिर्जना नगरी सहयोग गर्न कम्मर कसेर लागिपर्नु अर्को महत्वपूर्ण कार्य हुन आउँछ । दलहरुले वर्तमानमा यत्ति सामान्य सहयोग गर्ने हो भने जनजनले पनि दलहरुले विगतमा गरेका गलत कामहरुको प्रायश्चित्त गरेको मान्नेछन् र स्वतन्त्र नागरिकको सरकारले खडा गरेको विधि विधानलाई पछ्याउँदै दलहरुले पुनः आफ्नो शासन सत्ता सञ्चालन गर्ने अवसर प्राप्त गर्नेछन् ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)
प्रतिक्रिया