आज देशभर थप १ हजार ६६९ जनामा कोरोना संक्रमण, १६ संक्रमितको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप १ हजार ६६९ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै, कुल संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५ हजार ६९९ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।

यस्तै, आज थप ‍१६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै, मृतकको संख्या १ हजार ३२१ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर १९ हजार ९६३ जना सक्रिय संक्रमित रहेका छन् ।