ट्रम्पको जेठो छोरालाई कोरोना संक्रमण


एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

४२ वर्षीय डोनाल्ड ट्रम्प जुनियर हाल आफ्नै निवासमा क्वारेन्टिनमा रहेको अन्तर्राष्ट्रि सन्चार माध्यमले जनाएका छन् । उनकी श्रीमती किम्बर्ली गिलफोयलको पनि कोरोना परीक्षण गरिएको छ । उनको रिपोर्ट आउन भने बाँकी छ ।