आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बांकी भू-भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णालीका एक दुई ठाउँमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

यसैगरी शनिबार राति पनि पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुन सक्ने मौसमविद्ले जनाएका छन् । प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा राति हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ । अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने छ ।

यस्तै, हिमाली भेगमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ ।