कोरोना अपडेट : कहाँ कति ?

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप एक हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितमध्ये ७४० जना महिला रहेका छन् भने एक हजार २०५ जना पुरुष रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २२ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार २९८ पुगेको छ । आज थप ५ हजार ३६४ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हनेको संख्या एक लाख ९१ हजार २ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न जिल्लामा कोरोना संक्रमित थपिएका छन् । जसमा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा रहेका छन् । आज मात्र उपत्यकामा थप एक हजार १०७ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ८६२, भक्तपुरमा ७१ र ललितपुरमा १७४ जना संक्रमित थपिएका छन् ।

हालसम्म काठमाडौंमा कुल संक्रमितको संख्या ८१ हजार ५८८, ललितपुरमा ११ हजार ९४८ र भक्तपुरमा ७ हजार ३३६ पुगेको छ । यस्तै, आज थपिएकामध्ये कास्कीमा ८८ जना, चितवनमा ८७ जना, रुपन्देहीमा ६० जना, सुनसरीमा ५५, काभ्रेमा ५४ र दाङमा ५१ जना रहेका छन् ।