गैरकानूनी रुपमा नेपालमा बसेका विदेशी नागरिकलाई देशनिकाला गर्ने सरकारको निर्णय

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले गैरकानुनी रुपमा लामो समयसम्म नेपालमा बसोबास गरिरहेका विदेशीलाई देश निकाला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सावर्जनिक गर्दै सञ्‍चार तथा सूचना प्रविधिमन्त्री तथा प्रवक्ता पार्वत गुरुङले सो जानकारी दिएका हुन् ।

निर्णय अनुसार हाल नेपालमा गैरकानुनी रुपमा बसोबास गरिरहेका ३ विदेशी नागरिकलाई निष्कासन गर्ने निर्णय गरिएको छ । बैठकले अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेट, यमन गणराज्यका नागरिकहरु मोहम्मद इस्माइल अहमेद ओवादी र नासिम इस्माइल अहमेद ओवादीलाई देश निकाला गर्ने निर्णय गरेको हो ।

डेन्गेटले बुझाउनुपर्ने विलम्ब शूल्क १२ हजार ७ सय ३० अमेरिकी डलर र अधिकतम जरिवाना ५० हजार समेत मिनाहा गरिएको छ भने मोहम्मद र नासिमले बुझाउनुपर्ने भिसा शुल्क दस्तुर ३ हजार ६६ अमेरिकी डलर, विलम्ब शूल्क ५ हजार १ सय १० अमेरिकी डलर र अधिकतम जरिवाना १ लाख समेत मिनाहा गरिएको छ ।

यस्तै, सरकारले नेपाल शहरीय शासकीय सुधार तथा पूर्वाधार आयोजनाका लागि विश्व बैंकबाट प्रस्तावित १५ करोड अमेरिकी डलरसहुलीयत सहायता रकम स्वीकृत गर्ने निर्णय गरेको छ।