चितुवाको छालासहित ४ पक्राउ

0
Shares

यमलाल भुसाल, बुटवल ।

रुपन्देही जिल्ला बुटवल उपमहानगर पालिका ९ ईटाभट्टि लाईनमा रहेको एक होटलवाट दुर्लभ संरक्षित बन्यजन्तु चितुवाको छाला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चितुवाको छालाको कारोवार भैरहेको सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय रूपन्देही र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको संयुक्त प्रहरी टोलिले होटलमा गई खानतलासि गर्दा होटलको १०२ नं कोठामा बसेका४जनालाई चितुवाको छाला सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रनाउ खड्क बहादुर खत्रीले बताउनु भयो ।

प्रहरीले गुल्मी दरबार गाउपालिका वडा नं.४ बस्ने बर्ष २२ को बिमल मगर, बर्ष १८ को बिशाल राना मगर र बर्ष २४ को संजिव पेमी तथा रुपन्देही बुटवल उप महानगरपालिका वडा नं.७ बस्ने बर्ष ३० को बिश्व भट्टराई पक्राउ गरि आवश्यक अनुसन्धान गरि कारबाहीको लागी डिभिजन वन कार्यालय भैरहवा पठाईएको प्रहरीले जनाएको छ ।

दुर्लभ संरक्षित वन्य जन्तु चितुवाको छाला ६ फिट लम्बाई १ फिट ३ ईन्च चौडाईको रहेको छ ।