दुई किलो गाँजासहित स्याङ्जामा एक जना पक्राउ

0
Shares

भूपराज बस्याल, स्याङ्जा ।

घरमा लुकाइ राखेको गाजा सहित स्याङ्जामा एक ब्याक्ती पक्राउ परेका छन् । पुतलीबजार नपा १३ बिसौना बस्ने वर्ष २५ का ख्याम वहादुर विकले लुकाई छिपाई राखेको २ केजी ९७९ ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

घरमा गाँजा लुकाइराखेको भन्ने सूचना पाउन साथ प्रहरीले खनतलासी गर्दा उक्त गाँजा भेटिएको पनि उहाँले जानकारी दिनुभयो । हाल विकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने जिल्ला अदालतमा लागुऔषध मुद्धा दर्ता गरी थप अनुसन्धान भई रहेको छ ।