पुष्पराज भट्टराई
प्रकृतिमाथि मानव समुदाय मात्र छैन । यहाँ मानव जातिको अस्तित्व आउनुपूर्व नै कैयौँ सूक्ष्म एककोषीय जीवहरुको साथै अन्य ठूला–साना जीवहरुको पनि अस्तित्व रहेको थियो । यसै बीचमा मानव जातिले प्रकृति र प्राकृतिक जीवहरुमाथि धावा बोल्न थाल्यो । अन्य जीवहरुको अस्तित्वलाई बिर्सन थाल्यो । उत्परिवर्तनको सिद्धान्त यहाँ केवल मानव जातिमा मात्र हुन्छ भन्ने कुरामा सीमित राख्न खोजियो । बलियोले निर्धोलाई पछा¥यो । बलियो देशले निम्छरो देशलाई खर्लप्प निल्यो । पहिले तानाशाहको बल बन्दुक थियो । त्यही बन्दुकको भरमा शक्तिराष्ट्र बन्ने होडमा कति घोषित त कति अघोषित युद्धहरु गर्न पछि परेनन् । युद्धका कारण नदी किनारमा रोपिएका सभ्यता तहसनहस भए । बचेखुचेका मानिसका लागि यथार्थभन्दा परको कल्पना, कल्पनाको कथा, कथाले बाँधेको थिति र थितिले चालेको सहकार्यमा उनिदै हाम्रा पुर्खाले यिनै जंगलबाट सभ्यताको डिलमा फड्को मारे । ईश्वरबाट समस्त सृष्टि रचना भएको कथा हाले । हामी नयाँ कथा हाल्दै छौं । विज्ञान मान्छेलाई ईश्वर बनाउने परिकल्पना गर्दै छ । मानव सिर्जित ईश्वरको कथा ।
प्रकृतिले जैविक जीवन विकास ग¥यो भने विज्ञान रासायनिक जीवनतिर उन्मुख भयो । विश्व एक सेकेन्डमा ध्वस्त पार्न सक्छौं भन्ने हामी आज आधुनिक अस्त्र हुँदाहुँदै पनि विनाअस्त्रका लडाकू बनी लडाइँमा होमिनुपर्ने अवस्था आयो । मानव अस्तित्वको लडाइँ केवल मानवको जातजाति, वर्ग, धर्म, रंगबीचमा मात्र खोज्न थाल्दा बेला–बेलामा
अन्य प्राकृतिक जैविक अदृश्य शक्तिसँग लड्नुप¥यो ।
पछिल्लो युगको संसारमा प्राकृतिक भोकमरीबाट बिरलै कसैको ज्यान जान थाल्यो । एउटा देश अनिकाल वा बाढीले भोको प¥यो भने थुप्रै देश अन्नदान गर्न अघि सरे । सहयोग र सेवाका हात फैलाए । तर आज संसारमा खान नपाएर भन्दा बढी खाएर मान्छे मरिरहेका छन् । यसको मतलब भोकले मान्छे मर्नै छाडे भन्ने होइन । तर, त्यो भोकमरी प्रकृतिप्रदत्त नभई, राजनीतिप्रदत्त हुँदै गयो ।
शताब्दीऔंदेखि प्रकृतिले मान्छेलाई भोको राखेको छैन तर राजनीतिले भोकभोकै राख्न बाँकी राखेन । भोक, रोग र लडाइँमाथिको विजय मानिसको विद्वताको विरासत हो । आज हजारौं वर्षको कालखण्डमा पछारिँदै, पाइला चाल्दै मान्छेले हासिल गरेको सभ्यता र विद्वता सामान्य कोरोनाजस्ता महामारीका कारण कतै अवसानतिर गइरहेको छैन भन्ने पनि लाग्छ ।
यो अवसानले मानव जातिलाई इतिहासकै चुनौतीपूर्ण दोसाँधमा उभ्याएको छ । जहाँबाट अगाडि हेर्दा हामी भविष्य आँकलन गर्न सक्दैनौं । त्यहाँ वैज्ञानिक चमत्कारको घना तुँवालो छ, जसले हामीलाई कता लैजान्छ थाहा छैन । प्रकृतिमा पूर्ण निर्भर रहेको हिजोको भयभित मान्छे एकाएक कसरी यति शक्तिशाली बन्यो त ? पक्कै पनि मान्छे यति बलशाली बन्नुको पछाडि मानिसका थुप्रै रहस्यमय कल्पनाहरु छन् । मान्छेका तिनै अनगिन्ती कल्पनाहरुमध्ये सबैभन्दा शक्तिशाली कल्पना थियो– पैसा ।
पैसाले सिर्फ एक भाषा बोल्छ, ‘आज तिमी मलाई बचाऊ, भोलि म तिमीलाई बचाउँछु ।’ त्यसो भए आखिर पैसा के हो ? न खान सक्छौं, न यसले हाम्रो प्यास मेटिन्छ । न पैसा सिलाएर कपडा बुन्न सकिन्छ । न घर बनाएर हावा–झरी छेक्न नै सकिन्छ । त्यै पनि यो मूल्यवान् छ । किनकि, हामीले यसको मूल्य तोकेका छौं । कागज वा धातुलाई निश्चित आकारमा काटेर, रंग घोलेर, थरीथरीका बुट्टा भरेर, अमुक व्यक्तिको हातबाट दस्तखत गराएर कागजको मूल्य तय हुन्छ । त्यसले पैसाको रूप लिन्छ । हामी त्यसलाई पैसा भन्छौं ।
बरु हामी ईश्वर मान्दैनौं, धर्म मान्दैनौं, राज्य मान्दैनौं, शासन व्यवस्था नमान्न सक्छौं, तर पैसाविना जीवन चल्दैन । यही हो, हामीले सुनेको र पत्याएको पैसाको कथाको कमाल । मान्छे पैसाको निम्ति सात समुद्रपारि जात, धर्म, वर्ण, चित्र, चरित्र, मूल्य, मान्यता, सोचाइ, संस्कार, रिवाज, रहनसहन, भाषा, भेष केही नमिल्नेसँग पनि मज्जाले सहकार्य गर्न सक्छ ।
दुनियाँ भूमिले भिन्नभिन्न भए पनि पैसाले साझा हुन सक्छ । पैसा भनेपछि सबै मानिस एउटै सासले बाँच्छन् । बरु पैसाको स्वार्थ बाझिए आफ्नासँगै बाझाबाझ गर्न अघि सर्छन् मान्छे । अरू जनावरको निम्ति जे छ, त्यही यथार्थ छ । रूख, हावापानी, माटो, असिना, चट्टान वा पहाड–पर्वत प्रकृतिमै निर्भर रहन्छ । तर मान्छेले संसारमा प्रभुत्व जमायो, किनभने उसले पैसाको कल्पना ग¥यो । मान्छेले भने पैसाका निम्ति त्योभन्दा पर कहिल्यै नदेखेको संसार पनि रचना ग¥यो ।
सबैलाई पैसा चाहिएको छ । पैसा दुनियाँको एउटै सोख छ । विश्वभरका मान्छेसँग मिल्ने एउटै लक्ष्य प्राप्ति भनेको पैसा हो । पैसाको पर्खालमा भौतिक भव्यता अडेको छ । यो युगको सबैभन्दा प्रतिष्ठित योग्यता नै पैसा बन्न पुगेको छ । पढेकाहरु पछाडि छन् । धनसित मन मिलेको छ । पूर्वीय सभ्यतामा सारा शिष्टाचार पैसाबाट पैदा भइरहेछ । पश्चिमी समाज पैसाका लागि सारा चिजमा प्रविधि पस्केर बसेको छ । हरचिज बिक्रीमा राखेको छ । अर्थ, ममर्, परिवेश, संकेत सबै नबुझी मान्छे प्रविधि र पैसाको पछि दौडेको छ । आज पैसाकै आडमा वैज्ञानिक आविष्कारबाट सिर्जना हुँदै गएका चुनौतीको चाङ हाम्रा सामु चुलिँदै छन् । समुद्रको गहिराइबाट अन्तरिक्षसम्मको यात्रासम्म विज्ञान र प्रविधिको नवीनतम् प्रयोगमा साँघुरिँदै गएको संसार आज मात्र भ्रमजस्तो लाग्दै छ ।
प्रविधिको कुरा गर्नुपर्दा अब हामी र हाम्रा सन्ततिको भविष्यको कथा हो प्रविधि । प्रविधिकै सहारामा हामी मानव सभ्यताको डिजिटल युगमा प्रवेश गर्नेछौं । हाम्रो पहिचान अब गुगल र फेसबुकले पहिल्याउनेछ । समाज र सभ्याताले बर्जित चिज आज प्रविधिले खोतली–खोतली उप्काइदिएको छ । आफ्ना पुर्खाको वंशावली र न्वारानको नाम खोज्न गुगलको प्रयोग गर्ने पुस्ता धेरै पर छैनन् । आज ख्यालख्यालमा शुरु गरिएको भच्र्युअल दशैं, तिहार, अनलाइनका अर्डर अबका केही वर्षपछि रोर्बटको जिम्मामा हुनेछन् । यो दूरगामी भविष्यको कुरा होइन । शताब्दीको कुरा पनि होइन ।
हिजो जुन परिवर्तनका निम्ति हजारौं वर्षको लामो कालखण्ड पार गर्नुपथ्र्यो । आज क्षणभरमै साकार हँुदै छ । प्रविधिले मानव समाजलाई इतिहासकै असमान युगतिर धकेल्दै छ । जहाँ मान्छेले सिर्जना गरेको ‘आर्टिफिसियल इन्टिलिजेन्स’, अर्थात् कृत्रिम विद्वता तीव्र विस्तार हुँदै छ । कृत्रिम विद्वताकै कारण समाजमा कम्प्युटरको प्रयोगले १९ सय वर्षको प्रगति ९० वर्षमै भयो । ९० वर्षको प्रगति १० वर्षमै देखियो । अब त १० वर्षको प्रगति २ वर्षमै देखिनेछ । जुन मानवीय विद्वतामाथि नै हाबी हुँदै जाने प्रगति हुनेछ । सबैतिर कृत्रिम विद्वताले भरिएका रोबोटको हालिमुहाली चल्नेछ । कामकाजी जनशक्तिले ठूलो संख्यामा रोजगार गुमाउनेछन् । त्यति बेला श्रम बजारले कस्तो जनशक्ति माग्ला, हामीलाई थाहा छैन । यसको सबभन्दा ठूलो प्रभाव पर्नेछ हाम्रो श्रम बजारमा । लाखौं रोबोट कलकारखानामा तैनाथ हुनेछन्, न भोक, न थकाइ, न कोरोनाको त्रास ।
यसरी समाजमा अप्रत्यसितरुपमा भित्रिएको प्राविधिक रूपान्तरणले नयाँ पुस्तालाई अल्छे बनाउनेछ । झन् बेकामे बनाउने खतरा छ । एक कक्षा पढ्ने नानीबाबुलाई दश–पन्ध्र वर्षपछिको श्रम बजारमा हेलिन कस्तो सीप र शिक्षा चाहिने हो ? यकिन छैन । पढाइका नाममा सफ्टवेयर सिकाऊँ, त्यो पनि असान्दर्भिक भइसक्ला । रोजगारीका लागि शल्यचिकित्सक बनाऊँ, रोबोटले नै शल्यक्रिया गरिसक्न के बेर लगाउला ?
अहिले नै कोरोनाको संक्रमणबाट मृत्यु भएकालाई व्यवस्थापन गर्न रोबोटको अत्यधिक प्रयोग भइसकेको छ । आजै
हामी यस्ता निरीह अभिभावक हुँदै छौं, जसलाई आफ्ना छोराछोरीलाई के पढाउने ? थाहा छैन । के सिकाउने ? थाहा छैन । उनीहरू कस्तो प्रकारको दुनियाँमा बाँच्न गइरहेका छन् ? त्यो पनि अत्तोपत्तो छैन । अहिलेलाई यत्ति मात्र भन्न सकिन्छ । हाम्रा छोराछोरीको भविष्य सहज छैन ।
अबको दशकभित्रै ‘कृत्रिम विद्वता’ अर्थात् मान्छेले जस्तै सोच्ने स्वचालित रोबोटहरूको जताततै जगजगी भइसक्नेछ । मान्छेभन्दा सिपालु प्रशिक्षक रोबोट हरक्षेत्रमा आइसक्नेछन् । कृत्रिम विद्वताको व्यापक प्रयोगले हाम्रो व्यक्तिगत स्वतन्त्रता धरापमा छ । हाम्रा सबै बाहिरी सूचना गुगल र फेसबुकको हातमा छ । हामी के खोज्दै छौं ? के किन्दै छौं ? कहाँ जाँदै छौं ? यी सबै गुगल र फेसबुकको कृत्रिम विद्वताबाट लुकेको छैन । हाम्रो व्यक्तिगत स्वतन्त्रता, छनौट अधिकार र रुचिलाई प्राविधिक विकासले काबुमा लिँदै छ ।
एक्काइसौं शताब्दीको यो चुनौती सामना गर्ने तागत एउटा देशको हातमा मात्र छैन । एउटाले कृत्रिम विद्वतामा रोक लगाउला । जैविक रूपान्तरणलाई मान्यता नदेला । तर, जब प्रतिस्पर्र्धी देश त्यसमा खुरन्धार लाग्छ । उसलाई पनि नपछ्याई सुख हुनेछैन । मानवताको अलिकति पनि मानवीय पक्षलाई ध्यान नदिई प्रकृति र प्राकृतिक नियममाथि धावा बोलिरहेको आजको मानव जाति फेरि आफ्नो अस्तित्व बचाइराख्नका लागि डार्बिनको ‘स्ट्रगल फर एक्जिस्टेन्स’को सिद्धान्तलाई सिद्धान्ततः प्रयोग गर्नुपर्ने अवस्थामा आइपुगेको आभास हुँदै गएको छ ।
सबैले बुझ्नुपर्ने कुरा यो छ, सही नियतले गरेका सबै आविष्कार सधैँ सही काममा प्रयोग हुँदैनन् । भइदिएको भए आणविक शक्ति संसारकै निम्ति त्रास बन्ने थिएन । हाम्रो बौद्धिक अवसान र कृत्रिम विद्वताको उदय भनेको यही हो । कोभिड–१९ मात्र होइन, यहाँ कैयौँ यस्ता सूक्ष्म जैविक जीवहरु छन् । जो आफ्नो अस्तित्वको लागि यस प्रकृतिमा आउँदै छन् । अनि पैसा र प्रविधिको आडमा प्रकृतिको मालिक केवल आफूलाई मात्र ठान्ने मानव जातिलाई चुनौती दिँदै छन् । जुन वर्तमान अवस्थामा हामी भोगिरहेका छौं भने भविष्यमा यो भन्दा ठूला चुनौती भोग्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया