गुडिरहेको बसबाट खस्दा एकजनाको ज्यान गयो

0
Shares

न्युज अफ नेपाल,सल्यान ।

सल्यानमा गुडिरहेको बसबाट खसेर एक जनाको ज्यान गएको छ । बाफुखोलाबाट दाङको लागी छुटेको ना ५ ख १००१ नम्बरको बसबाट खसेर बागचौर नगरपालिका वडा नं ११ बाफुखोलाका २१ वर्षिय एकराज खड्काको ज्यान गएको हो ।

गुडिरहेको बसमा बान्ता गर्नको लागि ढोका तर्फ जाँदै गर्दा एक्कासी लडेर घाइते खड्कालाई जनप्रीय पोलिक्लिनिक बागचौरमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि जिल्ला अपस्ताल सल्यानमा ल्याईएको थियो ।

उपचारको क्रममा आज दिउँसो २ वजे जिल्ला अस्पताल सल्यानमा ज्यान गएको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्द थापालेवताउनु भयो । उहाँका अनुसार आवश्यक कार्बाहीको लागि गाडी र चालकलाइ इलाका प्रहरी कार्यालय थारमारेमा राखिएको छ ।