बुधबार पाल्पामा एक संक्रमितको मृत्यु, १९ थपिए, ५ निको

0
Shares

न्युज अफ नेपाल,पाल्पा ।

पाल्पामा बुधवार थप एक जना कोरोना सङक्रमितको मृत्यु भएको छ । बगनासकाली गाउँपालिका ६ की ५१ बर्षिय महिलाको उपचारको क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा निधन भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । उनलाई कोरोना पुष्टि भएपछि त्यहा उपचारका लागि लगिएको थियो ।

यो सँगै पाल्पामा कोरोनाका कारण निधन हुनेको संख्या १८ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।यसैविच बुधबार जिल्लामा थप १९ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ थपिएका १९ जनामा १३ जना महिला र ६ जना पुरुष रहेका छन् । यसैगरी जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वुधवार नै ५ जना संक्रमित निको भएका छन ।