रुपन्देहीमा थप एक महिला सहित दुई जना कोरोना संक्रमितको मृत्यु


यमलाल भुसाल, बुटवल ।

रुपन्देहीमा बुधबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ का ४० वर्षीय पुरुष र पाल्पाको बगनासकाली गाउँपालिका–६,यम्घाकी ५१वर्षीया महिला रहेका छन् ।

ती मध्य पुरुषको बुटवल स्थित कोरोना अस्पताल विशेष अस्थायी अस्पतालमा उपचारको र महिलाको रुपन्देहीको भैरहवामा मृत्यु भएको हो।

गत बुटवलका पुरुषको कार्तिक २५गते कोरोना संक्रमण पुष्टि भएपछि २६ गते अस्पताल भर्ना भएका उहाँको बुधबार बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनु भयो ।

उहाँमा अधिक तौल (एक सय केजी) को समस्या रहेको डा. गौतमले बताउनु भयो । महिलाकोे भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनु भयो । उहाँमा लामो समयदेखि दम रोगको समस्या रहेको अस्पतालले जनाएको छ ।