नेपाल संवत् सबै नेपालीको मौलिक संवत् : मन्त्री श्रेष्ठ


पुष्कर बुढाथोकी, भक्तपुर ।

शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल सम्वत् एकल जातिको मात्र नभई सबै नेपालीहरुको मौलिक सम्वत् भएको बताउनुभएको छ ।

नेपाल सम्बत् ११४१ को अवसरमा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आज नयाँ थिमिमा आयोजना गरेको मध्यपुरथिमिको शंखधर साख्वाःको प्रतिमामा माल्र्यापण समारोहमा बोल्दै मन्त्री श्रेष्ठले अहिले यो संवतलाई सरकारले राष्ट्रिय सम्वत् घोषणा गरे पनि नेपालीहरुले अपनत्व गर्न नसकेकाले यो संवत नेवार समुदायको मात्र भनेर गलत बुझाई रहेकाले यसलाई चिर्नु पर्ने बताउनुभयो ।

विगत केही वर्ष यता भाइटिका र किजा पूजा भनेर तिथी घटबढ भनेर दुई दिन मनाइने प्रचलनलाई आगामी वर्षदेखि समायोजन गरेर मिलाउने उहाँको भनाइ छ ।

नेपाल संवतको नयाँ दिनले हरेक वर्ष सबैलाई यसका प्रणेता शंखधर साख्वाको योगदानलाई सम्झाउने गरेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

उहाँले समाजसेवी साख्वाले सबैको ऋण मोचन गरिदिएको परोपकारी कार्यको सम्झनामा उहाँको उदारताको कदर गरेर राष्ट्रिय विभूतिको रूपमा सम्मान गरिएको उल्लेख गर्नुभयाो ।

उहाँले जनताको ऋण मोचन गरेर मौलिक संवत चलाउने ब्यक्तित्व कुनै जात बिशेषको मात्र नहुने उल्लेख गर्नुभयो ।
सरकारले राजधानीको रत्नपार्कमा शंखधरको शालिक बनाइ रहेको बताउँदै नेपाल संवतलाई सरकारी कामकाजमा तथा ब्यवहारीक प्रयोगमा ल्याउन रहेका चुनौति चिर्दै सरोकारवालाको राय समेटेर अगि बढ्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा पुर्वमन्त्री तथा संघीय सांसद महेश बस्नेतले राष्ट्रिय विभुति साख्वाले पु¥याएको योगदानको सम्झना गर्दै साख्वाले जस्तै देश र जनताको पक्षमा काम गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पुर्वमन्त्री तथा संघीय सांसद भीमसेनदास प्रधानले शंखधर कुनै जात बिशेषको मात्र नभएको बताउँदै उनलाई नेवार समुदायले आफनो पेवा जस्तो मात्र नबनाएर सबैको साझा बनाउन सक्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका सांसद राजेन्द्रमान श्रेष्ठ,मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ,प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ,निबर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धर, उपाध्यक्ष ज्ञानराम श्रेष्ठ लगायतले शंखधर र नेपाल संवतलाई सरकारले संरक्षण,संरद्र्धन र प्रबद्र्धनका लागि आर्थिक तथा भौतिक ब्यबस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रपति बिद्यादेबी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्बत् ११४१ को अवसरमा पठाउनुभएको सन्देश पढेर सुनाईएको थियो । प्रत्येक वर्ष शंखधर चोकमा रहेको नेपाल सम्वतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरिँदै आएको छ ।