प्रथम गाती सेभेन ए साईड फुटबलको उपाधी कोकरसिङलाई

56
Shares

नानीराम नेपाल,सिन्धुपाल्चोक ।

शुभ दीपावलीका अवसरमा बाह्रबिसे नगरपालिकाको सहयोगमा गाती युथ क्लबद्धारा आयोजित प्रथम गाती सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी भोटेकोसी गाउँपालिकाको कोकरसिङ यूवा क्लबले जितेको छ । आइतबार बाह्रबिसे नगरपालिकाको गातीमा सम्पन्न फाईनल खेलमा राम्चेको नयाँ बजार टोल सुधार समितिलाई पेनाल्टी सुटआउटमा हराउँदै कोकरसिङ यूवा क्लबले कप उचालेको हो ।

दोस्रो हाफमा थप गरिएको समय अवधिसम्म गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुट आउट भएको थियो । आइतबार प्रतियोगिताको समापन समारोहबीच बिजेता र उपबिजेता टीमलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बिजेता कोकरसिङ यूवा क्लब र उपबिजेता नयाँ बजार टोल सुधार समिति तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार, मेडल, ट्र«फी र प्रमाणपत्र प्रदान गर्नुभयो ।

बिजेतालाई नगद ७० हजार र उपबिजेतालाई ३० हजार पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिताको समापन समारोहमा बोल्दै मेयर निमफुञ्जो शेर्पाले खेलकुदको विकासमा नगरपालिकाले आवस्यक सहयोग गर्दै जाने बताउनुभयो ।

प्रतियोगिताका लागी बाह्रबिसे नगरपालिकाको ५ र ६ नम्बर वडाबाट २० हजारका दरले ४० हजार र सुन्दर नेपाल कन्सट्रक्सनबाट २० हजार नगद सहयोग भएको आयोजकले जानकारी दियो । आगामी दिनमा पनि यस्ता प्रतियोगिता गर्दै जाने आयोजक गाती युथ क्लबले जानकारी दियो ।