बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० पुग्याे

0
Shares

काठमाडौं ।

कोरोना भाइरस संक्रमणका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक जनाको मृत्यु भएको छ।

झापाकी २५ वर्षीया महिलाको उपचारको क्रममा उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आषिश श्रेष्ठले जानकारी दिए।

बुधवार अस्पताल भर्ना भएकी उनमा बिहीवार कोभिड-१९ पुष्टि भएको थियो। के कारणले अस्पताल भर्ना भएको भन्नेबारेमा अस्पतालले खुलाएको छैन। ती महिलाको शनिवार राति १०:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ। यस अस्पतालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय पुगेको छ।