चाँयाबाट छुटकारा पाउन अपनाउनुहोस यी ५ घरेलु उपायः

0
Shares

प्रायः व्यक्तिमा चाँयाको समस्या हुन्छ । यसको उपचार गर्नका लागि विभिन्न उपायहरु अपनाउने गरिन्छ । कुनै पनि उपायको वास्तविक कारण नजानी गरिने उपचारले कपाल झनै विगार्ने गर्छ ।

चाँयाको मुख्य लक्षण कपाल झर्ने र चिलाउनु हो । यो समस्या कपालमा हुने मृत कोशिकाहरुबाट पैदा हुन्छ । विशेषज्ञका अनुसार यो समस्या ती व्यक्तिहरुलाई धेरै हुन्छ जो कपाललाई सही ढंगले सफा गर्दैनन् ।

यसका साथै, तेलको कमी, तनाव, हर्मोनको समस्या, खानपान जस्ता पोषक तत्वको अभाव साथै बारम्बार पानी परिवर्तन गर्दा पनि चाँया पर्न सक्छ ।

१. तिल र कपूरको पेस्ट : कपूरको प्रयोग प्रायः पूजाको सामाग्रीमा प्रयोग गर्ने गरिन्छ । तर, हप्तामा एकपटक तिलमा कपूर मिसाएर बनाएको पेष्ट कपालमा लगाउँदा चाँयाको समस्या कम गर्छ ।

२. ग्रीन टीबाट बनेको पेस्ट: शरीरको तौल फिट रहनका लागि ग्रीन टी निकै फाइदाजनक हुन्छ । तर कपालमा राम्रोसँग स्याम्फु गरिसकेपछि हप्तामा २ वा ३ पटक ग्रीन टीको ब्याग कपालमा राखेर मसाज गर्दा कपाललाई निकै लाभ पुग्छ र चाँया हराउँछ ।

३. प्याजको रस : स्वाद बढाउन प्रयोग गरिने प्याजबाट रस निकालेर कपालमा मासिल गर्दा चाँयाबाट मुक्ति मिल्छ । प्याजको रस बनाएर कचौरामा राख्ने र औँलाको सहायताले कपालको जरामा लगाउने र सुकेपछि पखाल्ने गर्दा कपालको सुख्खापन हराउँछ ।

४. चुकन्दरको पेस्ट: चुकन्दर सामान्यतयाः सलादको रुपमा प्रयोग गरिन्छ । तर यसको पेष्ट कपालको लागि निकै फाइदाजनक हुन्छ । यसको पेस्ट लगाउँदा कपालको जरामा हुने सुख्खापन हराउँछ । चुकन्दर पिसेर कपालमा लगाउने र २० मिनेटसम्म राख्ने र पेस्ट सुक्न दिने । त्यसपछि कपाल राम्रोसँग धुने । यसले कपालको जरामा हुने सबै समस्या कम हुन्छ ।

५. नीम र दहीको पेस्ट : नीमको सेवले रगत सफा हुन्छ । तर, दहीमा नीमको पातको पेस्ट बनाएर कपालमा लगाउँदा कपाल झर्न कम हुन्छ भने छिट्टै कपाल फुल्ने समस्या पनि कम हुन्छ । साथै, चाँया पनि हराउँछ ।

एजेन्सी ।