कालिकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

0
Shares

कालीबहादुर मल्ल, कालिकोट।

कर्णाली राजमार्ग अन्तर्रगत कालिकोटकोट खाँडाचक्र नगरपािलका ८ सेरावाडामा बिहीबार राती १० बजे एम्वुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

क २ च ०१९२ नम्वरको पृथ्वी रक्तदान फाउन्डेसनको एम्वुलेन्स दुर्घटना हुदा दैलेख जिल्ला चाउमुण्डा विन्दावासिनी नगरपालिका७४ तिलुखानाका ५३ बर्षीय खगेन्द्र शाहीको दुर्घटनास्थलमै मृत्यु भएको हो ।

खाँडाचक्र नगरपालिकाको पाँखाबाट उच्च रक्तश्रव भएकी महिला विरामी वोकेर जिल्ला सदरमुकाम मान्म लैजादै गार्दा विर्तामोड नजिकैको भिरबाट ३०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको फाउन्डेसनाका अध्यक्ष रमित मल्लले वताउनु भएको छ ।

उहाँका अनुसरा एम्वुलेन्स भिरमा झुण्डीएपछि एम्वुलेन्समा रहेका विरामीलाई ओरालेर सडकतिर ल्याउन खोज्दा व्याग गिएर नलागेर दुर्घटना भइ तीला नदीको छालमा पुगेर दुर्घटना भएको थियो ।

मृतक शाहिको शव पोष्टमाडमको लागि जिल्ला अस्पताल कालिकोटमा राखिएकाे जनाइएको छ ।