बैतडी दुर्घटना: ९ जनाको मृत्यु, ३४ जना घाइते

0
Shares

न्युज अफ नेपाल, बैतडी ।

बैतडीमा बस दुर्घटहना हुँदा  ९ जनाकाे मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो भने ३४ जना घाइते भएका छन्।

दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

दुर्घटनामा परी घाइते मध्ये गम्भीर घाइते ७ जना रहेका छन। उनिहरूलाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए।

मृतकमध्ये ८ जनाको शव घटनास्थलबाट निकालिकिएको छ भने एकजनाको बससँगै अड्किएकाले निकाल समस्या भइरहेकोले निकालिने तयारी भइहरहेको डीएसपी अधिकारीले बताए। प्रहरी र स्थानीय मिलेर राती नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको छ भने मृतकको शव निकालिएको छ।

सानो घुम्तीबाट बस ६ सय मिटर तल खसेको हो। बस चालक समेत घाइते भएर बोल्न नसक्ने अवस्थामा भएकोले दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै एकीन भइनसकेको प्रहरीले जनाएको छ।

मृतकमध्ये ७ जना पुरुष र २ जना महिला रहेका अधिकारीले जानकारी दिए। उनले मृतकहरुको सनाखत हुन बाँकी रहेको बताए।