दुई वर्षपछि युनिक सोप पुन: संचालनमा

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

हेटौंडा औद्योगिक क्षेत्रमा रहेर करिब २ बर्षदेखि बन्द अबस्थामा रहेको युनिक सोप एण्ड केमिकल इण्डष्ट्रिज पुनर्संचालनमा आएको छ । उद्योग बुधबारबाट पुनर्संचालनमा ल्याइएको हो । २०७५ सालमा उद्योग बन्द भएको थियो । उद्योगका प्रवन्ध निर्देशक एवम् उद्योग संघ मकवानपुर सदस्य बुद्धराज अर्यालले करिब ५ करोड लागतमा पुनर्संचालनमा ल्याइएको उद्योगले भाँडा माझ्ने सर्फ, कपडा धुने सर्फ, भा“डा माझ्ने साबुन, कपडा धुने नांगो साबुनलगायत सामग्री उत्पादन गर्ने जानकारी दिनुभयो ।

उद्योगले मासिक ७ सय टनसम्म उत्पादन गर्ने लक्ष्य लिएको छ । उत्पादित सामग्री सुरु चरणमा मकवानपुर र काठमाडौंलगायत बजारमा बिक्री गरिने र केही महिनाभित्र बागमती प्रदेशभर बजार बिस्तार गरिने अर्यालले बताउनुभयो । हाललाई उद्योगबाट ३ क्वालिटीका सर्फमात्र उत्पादन हुने भन्दै उहाँले हाल सर्फमात्र उत्पादन हुने र तीन महिनापछि साबुन एवम् स्याम्पुसमेत उत्पादन गरिने बताउनुभयो ।

उद्योगमा १ सय ४५ जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गर्नेछन् भने अप्रत्यक्षरुपमा करिब ५ सय जनाले रोजगारी प्राप्त गर्ने सञ्चालक अर्यालको भनाइ छ । उद्योगमा केही नया“ मेसिन थप गर्नुका साथै विदेशी कम्पनीको तुलनामा गुणस्तरीय बनाइने र बजारको मागअनुसार उत्पादन तथा लागतमा बृद्धि गरिने सञ्चालक अर्यालले बताउनुभयो ।

हेटौंडा औद्योगिक क्षेत्र व्यबस्थापन कार्यालय प्रमुख राजेन्द्र कँडेल र उद्योग संघ मकवानपुर निवर्तमान अध्यक्ष नवराज अर्यालले उद्योगको पुनर्उत्पादन प्रारम्भ गर्नुभएको हो । कार्यक्रममा कँडेलले औद्योगिक क्षेत्रमा बन्द अबस्थामा रहेका उद्योगहरु पुनर्संचालनमा ल्याउनुपर्ने र उद्योगीलाई विभिन्न तहका सरकार र अन्य निकायबाट सहयोग प्राप्त हुनुपर्ने आंैल्याउनुभयो ।

कार्यक्रममा उद्योग संघ मकवानपुर प्रथम उपाध्यक्ष स्वागतराज प्याकुरेल, मकवानपुर उद्योग वाणिज्य संघ उपाध्यक्ष कृष्ण अग्रवाललगायतको आतिथ्यता थियो । मजदुरले तलबबृद्धि तथा सेवासुबिधा माग गर्दै आन्दोलन गरेपछि युनिक सोप एण्ड केमिकल इण्डष्ट्रिज बन्द भएको थियो । उद्योगमा कार्यरत् मजदुरले आन्दोलन गर्दै उद्योग ठप्प पारेका थिए ।

युनिक सोप युनिलिभर नेपालको सिस्टर अर्गनाइजेसन हो । युनिलिभरको ह्वील सर्फ उत्पादन गर्ने युनिक सोपमा एक सय १५ जना कामदार/कर्मचारी कार्यरत् थिए । युनिक सोपका मजदुरको माग पूरा गर्न युनिलिभरस“गको सम्झmौताअनुसार काम हुन सकेको थिएन । मजदुरले समयसापेक्ष तलबभत्ता बृद्धि हुनुपर्ने र श्रम नियमावली लागु गर्न माग राखेका थिए ।

युनिलिभर र तेस्रोपक्ष उत्पादकका रुपमा रहेको सञ्चालक युनिक सोप इण्डस्ट्रिज प्रालिले आपसी सहमतिका आधारमा व्यबसाय रोक्ने निर्णय गरेको तत्कालीन स्पष्टीकरणमा उल्लेख थियो । युनिक सोप २६ कार्तिक, २०७५ देखि प्रभाव पर्ने गरी बन्द भएको युनिलिभरले जनाएको थियो ।