भ्यालेन्सियाद्वारा रियल मेड्रिड पराजित

0
Shares

लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाद्वारा रियल मेड्रिड पराजित भएको छ।
आइतबार राति भएको खेलमा भ्यालेन्सियाले आफ्नो घरेलु मैदानमा पाहुना टोली रियललाई ४–१ को गोल अन्तरले सहजै पराजित गरेको हो। रियललाई स्तब्ध पार्ने क्रममा भ्यालेन्सियाले खेलभर तीनवटा पेनाल्टी ग¥यो भने रियल मेड्रिडले एक आत्मघाती गोल उपहार पनि दिएको थियो। उक्त खेलमा भ्यालेन्सियाका कार्लोस सोलरले पेनाल्टीबाटै ह्याट्रिक गोल गर्न सफल भए। यता, रियलका राफाएल भारानेले आफ्नै गोल पोस्टमा एक गोल गरेका थिए।
खेलमा रियलले शुरुआती अग्रता लिएको थियो। खेलको २३औं मिनेटमा करिम बेन्जेमाले मार्सेलोको पासमा लामो दँरीबाट सानदार प्रहारमा गोल गरेर १–० को अग्रता दिलाएका थिए। तर, त्यसपछि भ्यालेन्सियाले लगालग पेनाल्टीमा गोल गरेर खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भयो। खेलको २९औं मिनेटमा लुकास भास्क्वेजले डि बक्समा बल ह्यान्ड गरेपछि रियललाई झट्का लागेको थियो। भ्यालेन्सियाका कार्लोस सोलेरको पेनाल्टी प्रहार रियलका गोलकिपर थिबाउट कोर्टुवाले शुरूमा बचाउ गरेका थिए। तर, बल रोक्ने क्रममा कोर्टुवाले नियम पालना नगरेको भन्दै रेफ्रीले भ्यालेन्सियालाई पुनः पेनाल्टी हान्ने अवसर दिएको थियो। जसमा सोलेर गोल गर्न सफल भए।
त्यसपछि, खेलको ४३औं मिनेटमा रियलका लागि डिफेन्डर भारानेले आफ्नै गोल पोस्टमा बल छिराए। म्याक्सी गोमेजको प्रहार क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए। गोल लाइन टेक्नोलोजी प्रयोग गरेर सो गोललाई मान्यता दिइएको थियो। त्यसपछि, खेलको ५४औं मिनेटमा रियलले फेरि पेनाल्टी गोल व्यहो¥यो। डि बक्समा रियलका डिफेन्डर मार्सेलोले विपक्षी खेलाडीमाथि खराब ट्याकल गरेपछि भ्यालेन्सियालाई पेनाल्टी दिइएको थियो। जसमा सोलेरले नै पेनाल्टी प्रहार गर्दै खेल ३–१ बनाए।
त्यसैगरी, खेलको ६३औं मिनेटमा घरेलु मैदानमा भ्यालेन्सियाले तेस्रो पेनाल्टी गोल ग¥यो। यसपटक डि बक्समा रियलका कप्तान सर्जियो रामोसले बल ह्यान्ड गरेपछि रेफ्रीले भ्यालेन्सियालाई तेस्रोपटक पेनाल्टीको मौका दिएको थियो। जसमा सोलेरले नै प्रहार गर्दै खेल ४–१ बनाए। त्यसपछि, खेलभरि रियलले थप गोल गर्न सकेन र भ्यालेन्सियाले सहजै जित्यो। यो हारपछि अंक तालिकामा रियलको ८ खेलपछि १६ अंक रहेको छ। यता कठिन प्रतिद्वन्द्वी रियललाई हराएको भ्यालेन्सियाको ९ खेलबाट ११ अंक भएको छ।