केनले गरे १ सय ५०औं गोल

0
Shares

लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गतको खेलमा टोटनह्यामका स्टार फरवार्ड ह्यारी केनले आफ्नो गोल संख्या १ सय ५० पु¥याएका छन्।

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति टोटनह्याम हट्सपरले वेस्ट ब्रोमलाई १–० गोल अन्तरले हराउने क्रममा विजयी गोल गरेका थिए। सोही गोलसँगै केनले लिगमा २ सय १८ म्याच खेल्दै आफ्नो १ सय ५०औं गोल पँरा गरेका हुन्। लिगमा १ सय ५० गोल पँरा गर्ने केन दसौं खेलाडीसमेत बनेका छन्।

अवे मैदानमा भएको उक्त खेलमा केनले ८८औं मिनेटमा उक्त विजयी गोल गरेका हुन्। सन् २००९ देखि प्रिमियर लिग खेल्न थालेका केनले कुल २ सय १५ म्याच खेल्दै १ सय ५० गोल गरेका हुन्। सो दौरान उनले लगातार टोटनह्यामबाटै खेलेका छन्। यता, जारी सिजन केनले प्रिमियर लिगमा ८ खेलबाट ७ गोल गरेर ८ असिस्ट पँरा गरेका छन्। युरोपा लिगमा ५ खेलबाट ६ गोल गरेका छन्।

सिटी र लिभरपुलले अंक बाँडे

इंग्लिस प्रिमियर लिग फुटबलको आइतबार राति नै भएको अर्को खेलमा उपाधि दाबेदार टिमहरू म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै समान अंक बाँडेका छन्। आइतबार राति सिटीको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा दुवै टोली १–१ गोलको बराबरीमा रोकिएका हुन्। स्टार खेलाडी केभिन डे ब्रुयेनेले पेनाल्टी चुकाउँदा सिटी घरेलु मैदानमा जितबाट वञ्चित हुनुप¥यो।

पाहुना टोली लिभरपुलले खेलको १३औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो। सिटीका डिफेन्डरले बल लिएर डि बक्सभित्र छिरेका लिभरपुलका साडियो मानेलाई फाउल गरेर लडाएपछि रेफ्रीले लिभरपुललाई पेनाल्टी दिएका थिए।

जसमा मोहमद सालाहले गोल गर्दै सिटीलाई १–० ले पछि पारेका थिए। तर, खेलको ३१औं मिनेटमा सिटी खेलमा फर्कियो। ग्याब्रिएल जेससले डि बक्सभित्र लिभरपुलका डिफेन्डलाई बिट गर्दै सहजै गोल गरेपछि खेल १–१ को स्थितिमा पुगेको थियो।

खेलको ४२औं मिनेटमा सिटीले पेनाल्टी पाएको थियो। लिभरपुलका डिफेन्डर गोमेजले सिटीका डे ब्रुयेनले प्रहार गरेको बल छेक्ने क्रममा डि बक्सभित्र बल ह्यान्ड गरेपछि रेफ्रीले भिएआरमार्फत सिटीलाई पेनाल्टीको मौका दिएका थिए।

तर, बेल्जियन स्टार डे ब्रुयेनेको पेनाल्टी प्रहार गोल पोस्टभन्दा बाहिर पुगेपछि सिटी अग्रता लिनबाट चुकेको थियो। त्यसपछि, दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नभएपछि खेल १–१ मा सकिएको थियो। यो बराबरीसँगै लिभरपुलले ८ खेलबाट १७ अंक जोडेको छ। सिटीको भने ७ खेलबाट १२ अंक भएको छ।

त्यस्तै, अर्को खेलमा लेस्टर सिटीले पनि उल्भर ह्याम्प्टनलाई पराजित गर्दै तीन अंक बटुलेको छ। लेस्टरको जितमा जेमी भार्डीले खेलको १५औं मिनेटमा पेनाल्टीमार्फत गरेको एक मात्र गोल नै लेस्टरलाई जिताउन पर्याप्त बन्यो।