दिक्तेलबजारबाट चार जुवाडे पक्राउ

0
Shares

रामधन राई, खोटाङ ।

खोटाङको दिक्तेलबजारमा जुवा खेल्ने चार जना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ४६ वर्षीय सुजन ताम्राकार, ३६ वर्षीय युधीर शाक्य, ४१ वर्षीय दिनेशकुमार केसी र ५५ वर्षीय विनोद उदास पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ४८ हजार नौ सय ९० रुपैयाँ नगद, २० थान कौडा, तीन थान मोबाइल, तास लगायतका सामाग्री समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरु दिक्तेलको त्रिवेणीचोकमा जुवा खेलिरहेको अवस्थामा बिहीबार राति ११ बजे पक्राउ परेका हुन् । उनीहरुलाई शुक्रबार जुवासम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान बढाइएको प्रहरी निरीक्षक दिनेश खरेलले बताउनुभयो।