काष्ठमण्डप बैशाख १२ गते उद्घाटन गर्ने तयारी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

एतिहासिक काष्ठमण्डप बैशाख १२ गते उद्घाटन हुने भएको छ । २०७२ साल बैशाख १२ गते गएको शक्तिसाली भुकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डप सोही दिन उद्घाटन गर्ने तयारी भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काष्ठमण्डप ध्वस्त भएकै मितिमा उद्घाटन गरिने जानकारी दिनुभयो । आज दिउँसो शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसंग काष्ठमण्डप पुननिर्माणको प्रगतिको बारेमा जानकारी लिन वशन्तपुर दरबारक्षेत्र पुग्नुभएका मन्त्री ज्ञवालीले बैशाख १२ गते उद्घाटनगर्ने जानकारी गराउनुभएको हो ।

काष्ठमण्डप पुनःनिर्माणको अवस्थाबारे जानकारी लिदै परराष्ट्रमन्त्री ज्ञवालीले हालसम्मको प्रगतिको खुलेर प्रशंसा गर्नुभएको थियो । ‘काष्ठमण्डपको पुननिर्माणको अवस्था देख्दा स्थानीय जनता सहितको सहभगितामा सम्पदा निर्माणमा नमुना स्थापित भएको देखेको छु–उहाले भन्नुभयो ।

मौलिक परम्परालाई जोगाएर तिब्रताका साथ काम भएको देख्दा सरकारको तर्फबाट मैले धन्यबाद दिनैपर्छ, यस्ता सम्पदा पुननिर्माणमा स्थानीय जनताको सहभागिता मुख्य देन हो–उहाको भनाई थियो ।

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काष्ठमण्डप क्षतिग्रस्त भएको दिन बैशाख १२ गते १२ बजे नै उद्घाटन गर्ने गरी तयारी भैरहेको बताउनुभयो ।

स्थानीयको समेत सहभागितामा काष्ठमण्डप पुननिर्माण समिति मार्फत पुनःनिर्माण गर्न शुरु देखिनै पहल थाल्नुभएका मन्त्री श्रेष्ठले हालसम्मको प्रगति देखेर खुसी व्यक्त गर्नुभयो । उहाले भन्नुभयो–हनुमानढोका दरबारक्षेत्र लगायत देशका महत्वपुर्ण सम्पदा पुनःनिर्माण गर्दा स्थानीयलाई सहभागिता गराउनु आवश्यक छ । उहाले काष्ठमण्डप पुननिर्माण समितिले गरेको कामको प्रशंसा गर्दै तोकिएकै समयमा सम्पन्न गर्नु मुख्य दायित्व रहेको बताउनुभयो । भन्नुभयो–हामीले मिति घोषणा गरिसकेका छौ, सोही आधारमा तयार थाल्न आग्रह गर्छु ।

काष्ठमण्डप पुननिर्माण समितिका संयोजक एवं वागमती प्रदेश सांसद राजेश शाक्यले केही प्राविधिक समस्या आएपनि तोकिएकै समयमा पुननिर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । भन्नुभयो–हामीले एतिहासिक जिम्मेवारी पाएका छौ, त्यसलाई पुरा गर्नेछौ । यो हाम्रो मुख्य कर्तब्य हो ।

उहाका अनुसार काष्ठमण्डप पुननिर्माण सम्पन्न गर्न करिब १३ करोड रुपिया लाग्नेछ । सरकारको तर्फबाट पुननिर्माण गर्दा करिब १९करोड रुपिया अनुमान गरिएको थियो । काठमाडौं महानगरपालिकाको पुर्ण आर्थिक सहयोगमा पुननिर्माण भैरहेको सो सम्पदाको लागि महानगरपालिकाले करिब साढे १० करोड रुपिया उपलब्ध गराइसकेको छ ।

पुननिर्माणमा प्रयोग भएको प्रविधिबारे जानकारी दिदै संयोजक एवं प्रदेश सांसद शाक्यले भन्नुभयो–हामीले सातौ शताब्दीकै प्रविधि प्रयोग गरेका छौ । माटो र त्यसबेला प्रयोग गरेका समाग्रीलाई प्रयोग पुननिर्माण गरेका छौ । सातौ शताब्दीमै प्रयोग गरिएको साइजको इट्टा प्रयोग गरेका छौ , समितिले इट्टा निर्मँण कम्पनीलाई विशेष आग्रह गरी सातौ शताब्दीकै साइजको इट्टा निर्माण गर्न लगाएको छौ–शाक्यले भन्नुभयो ।

उहाले आगामी बैशाखसम्म पुननिर्माण सम्पन्न हुने बताउनुभयो । अहिले करिब ७५ प्रतिशत काम सकिएको छ । फागुन अन्तिम सम्म सक्नेछौ । सरकारले घोषणा गरेकै समयमा उद्घाटन गर्नेगरी अन्तिम काम भैरहेको बताउनुभयो । काष्ठमण्डप पुननिर्माण भैसकेपछि काष्ठकलाको विषयमा अध्ययन गर्नेका लागि एकमात्र सम्पदा हुने उहाको भनाई थियो । हामीले सबै कामको डकुमेन्टेशन गरेका छौ । कुन समान कति लाग्यो तथ्याङक तयार पारेका छौ –उहाको भनाई थियो ।

उहाले शहरी विकासमन्त्री श्रेष्ठको निरन्तर पहल कदमीको कारण पुननिर्माण गर्न सहज भएको बताउनुभयो । काष्ठमण्डप पुननिर्माण गर्न करिब १३ हजार क्युफिट काठ लाग्ने अनुमान गरिएको छ ।

समितिले २०७५ वैशाख ३१ मा काम शुरु गरेको थियो । महानगरपालिका र समिति बीच जेठ २९ गते सम्झौता भएपनि पुननिर्माण शुरु भएको थियो ।

अवलोकन पछि बोल्दै मन्त्री श्रेष्ठले श्रेष्ठले काठमाडौवासीको सानको रुपमा रहेको यो सम्पदा समयमै सम्पन्न गर्न समितलाई आग्रह गर्नुभएको थियो । भन्नुभयो–कामपालको सहयोगमा समितिले गरेको यो कामले सबै नेपालीमा गौरब महसुस हुने बताउनुभयो ।

पुननिर्माण भैरहेको काष्ठमण्डप चार घेराको सय वटा थाम हुनेछन् । संकल्प पूजा गरेर गत माघमा ठड्याइएका २५ फिट अग्ला चारवटा मूल थाम पहिलो घेरा हो । दोस्रो घेरामा जोडाका दरले ३२ वटा थाम ठड्याइनेछ । तेस्रो र चौथो घेरामा एक(एक वटाका दरले क्रमशः २८ र ३६ वटा थाम राखिनेछ ।

काष्ठमण्डपको पुननिर्माण गर्न ठुलो र सानो आकारको गरी २ लाख थान माःअप्पा इट्टा लाग्ने अनुमान गरिएको छ । ठुलो आकारको ९० हजार र सानो आकारको १ लाख १० हजार थान इट्टा आवश्यक पर्नेछ । अवलोकन कार्यक्रममा प्रदेश सांसद अजयक्रन्ति शाक्य , गौतम शाक्य लगायत समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।

मन्त्रीद्धयले काष्ठमण्डप पुननिर्माण अवलोकन गरेपछि हनुमानढोकाको नासलचोक, कालीदमन चोक, मुलचोक, मोहनकाली चोक, तलेजुको समेत अवलोकन गर्नुभएको थियो । दुवैमन्त्रीले भुकम्पपछिको पपुननिर्माणको अवस्थाबारे जानकारी लिएका थिए ।