पत्रकारलाई रोजगारीबाट निकाल्दा लोकतन्त्र नै संकटमा पर्छ : अध्यक्ष आर्चाय

0
Shares

यमलाल भुसाल, बुटवल ।

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आर्चायले कोभिड माहामारीका कारण देखाउदै पत्रकारलाई रोजगारीवाट निकाल्दा लोकतन्त्र नै संकटमा पर्ने चेतावनी दिनु भएको छ ।

जनताका समस्या वाहिर ल्याउने , तिनै तहका सरकारको निगरानी गर्ने पत्रकारहरुको पेशा विस्थापित हुदाँ त्यसको असर सधिै लोकतन्त्रमा पर्ने अध्यक्ष आर्चायले ठोकुवा गर्नु भयो ।

नेपाल पत्रकार महासंघ र प्रेस काउन्शिल नेपालको सम्युक्त आयोजनामा शुक्रवार बुटवमा भएको कोरोनाले मिडिया पारेको प्रभाव विषयक छलफल कार्यक्रममा वोल्दै अध्यक्ष आर्चायले लोकतन्त्रको रक्षाका खातिर जस्तो सुकै संकटको समयमा पनि काममा खटने पत्रकार नै पेशावाट पलाएन हुन दुखद पक्ष भएको धारणा राख्नु भएको थियो ।

उहाँले कोरोनाको संकटवाट पत्रकार र संचारगृहलाई बचाउन सरकारले समानुपातिक विज्ञापन निति लागु गर्नु पर्नेमा जोड दिनु भयो ।
उहाँले सरकारी विज्ञापनलाई विज्ञापन एजेन्सी मार्फत नभई सिधै समानुपातिक हिसावले प्रकासन तथा प्रशारण गृहलाई प्रदान गर्न सरकारसंग माग गरिएको बताउनु भयो ।

त्यस्तै रोजगारी गुमाएका पत्रकारलाई वैकल्पीक रुपमा लेखन वृद्धि प्रदान गर्नु पर्ने र श्रमजिवी पत्रकार ऐन लागु गरेका मिडिया आउसलाई सफट लोन उपलव्ध गराउनु सरकारसंग माग गरेको पनि अध्यक्ष आर्चायले बताउनु भयो ।

उहाँले समानुपातिक रुपमा दैनिक, साप्ताहिक पत्रिका, अनलाईन, रेडियो टिभीहरुलाई सरकारी विज्ञापन उपलव्ध गराउन र सरकारी विज्ञापन एजेन्सीवाट नभई सिधै दिने नीति अवलम्बन गर्न सरकारसंग माग गरिएको अवगत गराउनु भयो ।

कोरोनाको महामारीवाट नेपालमा ५ जना पत्रकारको ज्यान गएको, ४१३ जना संक्रमित भएको, कोरोना शुरु भएपछि ५ सय जना पत्रकारलाई रोजगारीवाट निकालिएको र १५ सय बढीको ३ महिनाको तलव रोकिएको तथ्यांक अध्यक्ष आर्चायले सार्वजनिक गर्नु भएको थियो ।

उहाँले श्रमजिवी पत्रकार ऐन २०५१जारी भएसंगै त्यसलाई मिडिया हाउसले व्यवहारमा कार्यान्वयन गरि दिएको भए संकटका वेला राहात दिन सहज हुने धारणा राख्नु भयो । श्रमजिवी पत्रकार ऐनमा विज्ञापनको १० प्रतिशत रकमा अनिवार्य रुपमा पत्रकार कल्याकारी कोषमा जम्मा गर्नु पर्ने कानुनी प्राबधान रहेको छ । हाल वार्षिक रुपमा नेपालमा सरकारी विज्ञापन मात्र १२ देखि १४ अर्ब रुपैया खर्च हुने गरेको छ । कार्यक्रममा वोल्ने पत्रकारहरुले कोरोना महामारीमा पनि सरकारले पत्रकारहरुका लागि कुनै सहयोग नगरेको गुनासो गरेका थिए ।

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष द्धय दिनेश पाण्डे, निरु गौतम, सचिव राम प्रसाद आर्चाय , सल्लाहकार नारायण सापाकोटा लगाएतले वोल्दै सरकारले मिडिया मैत्री हुन नसकेको धारणा राखेका थिए ।