पत्रकारलाई ज्यान मार्ने धम्की

0
Shares

अमरगढी ।

नेपाल रेडक्रस सोसाइटी डडेल्धुराले सञ्चालन गरेको ब्लड बैंकका इञ्चार्ज गणेश ऐरविरुद्ध प्रहरीमा उजूरी परेको छ । डडेल्धुरामा कार्यरत पत्रकार ललित बोहराले आफूलाई ज्यान मार्ने धम्की दिएको अभियोग लगाई इञ्जार्ज ऐरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजूरी दिनुभएको हो ।

प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले अभियुक्त ऐरलाई कार्यालयमा बोलाइने जानकारी दिनुभयो ।