भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजीत एक कार्यक्रममा सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरेकी हुन् । सेनाध्यक्ष नरवणे नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने १८ औँ सेनापति हुन् ।