आज थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि, १८ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या एक लाख ८५ हजार ९७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३४३० डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या एक लाख ४८ हजार ४०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १ हजार ५२ पुगेको छ ।

हाल मुलुकमा ३६ हजार ५१४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जनाएका छन् ।