काठमाडौँ उपत्यकामा थप एक हजार ३९८ जनामा कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज काठमाडौँ उपत्यकामा थप एक हजार ३९८ जना कोरोना संक्रमित फेला परेका छन् । आज थपिएका संक्रमितमध्ये ६०१ जना महिला रहेका छन् भने ७९८ जना पुरुष छन् ।

काठमार्डौँमा १ हजार ९१, भक्तपुरमा १४७, ललितपुरमा १६० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, काठमाडौंमा १६ हजार ३ सय ३१, भक्तपुरमा एक हजार २ सय ४८ र ललितपुरमा २ हजार २ सय ७६ सक्रिय संक्रमित रहेका छन् ।