विद्युत प्राधिकरणका इन्जिनियर १० लाख घुससहित पक्राउ

0
Shares

कृष्णउदास खनाल, हेटौंडा ।

नेपाल विद्युत प्राधिकरण हेटौंडा बितरण केन्द्रमा कार्यरत नबौं तहका इन्जिनियर इश्वरीप्रसाद जैसवाल नगद रकम सहित फत्राउ परेका छन् ।
हेटौंडाको बसपार्कमा रहेको एक होटलमा एक ठेकेदारसंग काम मिलाइने सर्तमा दश लाख रुपैयाँ लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले घुस रकम सहित जैसवाललाई नियन्त्रणमा लिएको हो ।

हेटौंडा नवलपराशीको बर्दघाट बिधुत प्रसारण आयोजनामा कार्यरत जैसवालका बिषयमा थप अनुसंधान जारी रहेको अख्तियार दुरुपयोग अनुसंधानको कार्यालय हेटौंडाले जनाएको छ ।श्रोतका अनुसार एकजना ठेकेदारलाई ठेकेदार र जैसवालबीच केही दिन अघि मात्रै रकम लेनदेनका बिषयमा छलफल भएको थियो ।