चोरीको गुण्डा नाईके ‘गोरे’ पक्राउ

0
Shares

यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको कञ्चन गाउपालिकामा मोटर साइकल,मोवाइल,गरगहना लगायत सामाग्रीहरुको चोरी गरेको आरोपमा लुयस सिंजाली नाम गरेका गोरे बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । २ थान मोटरसाइकल,१ थान स्कुटर र ३ थान मोवाइल सहित थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बिभिन्न समयमा मोटरसाइकल,मोवाइल,गरगगहना लगायत सामाग्रीहरु चोरी भएको भन्दै स्थानियले प्रहरी कार्यालयहरुमा उजुरी परेको र प्रहरीको बिशेष टोलीले खोजतलासकै क्रममा मोटर साइकल चोरी गरेर हिडदै गरेको अवस्थामा कञ्चन गाउपालिका वार्ड नं. १ को प्रगतीचोकमा थापालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय,रुद्रपुरले जनाएको छ ।

कञ्चन ३ स्थित हरैयाका अञ्जल मियाको लु ५४ प २८८३ नम्वरको २२० पल्सर मोटरसाइकल चोरी गरेर भाग्दै गरेको अवस्थामा थापालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय,सालझण्डीमा पठाइएको छ ।

थापाले कञ्चन गाउपालिका वडा नं. ४ जप्ती बस्ने सरु थापाको लु ४५ प ४७२७ नम्वरको स्कुटर गत भदौ १५ गते,कञ्चन ३ हरैया बस्ने अञ्जल मियाको लु ५४ प २८८३ नम्बरको २२० पल्सर कार्तिक १६ गते कपिलबस्तु बाणगंगा वडा नं. ४ गजेहडा बस्ने प्रदिप बिश्वकर्माको लु ४३ प ६६२४ नम्वरको मोटरसाइकल असोज २३ गते चोरी गरी लुकाइ राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।

कञ्चन ४ प्रगती चोक बस्ने दीपा फौजाको रेडमी ८ए र माइक्रोम्याक्स मोवाइल गरी २ वटा मोवाइल भदौ ४ गते र भिभो मोवाइल भदौ २१ गते र निजकै साथबाट आइभोमी मोवाईल चोरी गरी लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको छ ।

यस्तै अभियुक्त मगरले कञ्च ४ बागेश्वरी बस्ने अर्जुन बि.क.को घरवाट गत कार्तिक १३ गते सामसुंग जे आई,भिभो मोवाईल र करिव १ टोला बराबरको सुनको सिक्री चोरी गरेको जाहेरी प्रहरीले जनाएको छ ।