प्रमुख प्रशासकीय अधिकृतको विदाई

0
Shares

अमृत अर्याल, स्याङजा ।

स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेको विदाई भएको छ । झण्डै साढे दुई वर्ष देखि गल्याङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पदमा रहनुभएका पाण्डेको विदाई भएको हो । विदाई कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले प्रमुख प्रशासकीय अधिकृतको रुपमा पाण्डेको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।

उहाँले नगरपालिकाको प्रशासनीक क्षेत्रमा मात्रै नभई विकासका अन्य क्षेत्रमा पनि प्रमुख प्रशासकीय अधिकृतको रुपमा पाण्डेको योगदान अतुलनीय रहेको बताउनुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘प्रमुख प्रशासकीय अधिकृत पाण्डे स्थानीय वासी भएर पनि हुन सक्छ, यस क्षेत्रको विकासमा उहाँको चासो र चिन्ता बढि नै रह्यो । नगरपालिकाले उहाँको योगदानलाई विशेष रुपमा सम्झीरहनेछ ।’

आफ्नो कार्यकालको झण्डै आधा समय प्रमुख प्रशासकीय अधिकृतको पदमा पाण्डे रहेको भन्दै उहाँले नगरपालिकाको विकासका सबै सन्दर्भमा पाण्डेले सधैं सकारात्मक ढंगले साथ दिएको बताउनुभयो । कर्मचारीको नियमित प्रशासनिक प्रक्रिया अनुसार प्रमुख प्रशासकीय अधिकृत पाण्डेको सरुवा भएको भन्दै नगरप्रमुख अधिकारीले पाण्डे जहाँ पुगे पनि उहाँको काममा सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले साझा व्यक्तिको रुपमा सबैलाई समेटेर प्रमुख प्रशासकीय अधिकृत पाण्डले काम अगाडि बढाउएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले आफु सरुवा भएर गए पनि नगरपालिकाको विकासमा सधैं साथमा रहने प्रतिबद्वता जनाउनुभयो । उहाँले नगरपालिकाका जनप्रतिनिधिहरु मन्त्री वा उच्च ओहोदामा पुगेर फेरी सहकार्य गर्न पाउँ भन्ने आशा व्यक्त गर्दै काममा सहयोग र सहकार्य गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । २०७४ चैत्र २५ देखि गल्याङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हाल्नुभएका पाण्डे राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, सिंहदरबार काठमाडौंमा सरुवा हुनुभएको छ ।