आयाक्सका ११ खेलाडीमा एकैपटक कोभिड–१९

0
Shares

लन्डन, (एजेन्सी)
नेदरल्यान्ड्सको फुटबल क्लब आयाक्सका ११ खेलाडीमा एकैपटक कोभिड–१९ देखिएको छ।
सोमबार क्लबका ११ खेलाडीमा कोरोना संक्रमण भएको जनाइएको छ। च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको खेलअघि भएको परीक्षणको क्रममा क्बका ११ खेलाडीलाई कोरोना भएको आयाक्सले पुष्टि गरेको हो।

कोरोना संक्रमण हुनेमा क्लबका केही महŒवपूर्ण खेलाडीसमेत छन्। टिमका ११ खेलाडीमा कोरोना संक्रमण भएपछि आयाक्सले च्याम्पियन्स लिगको समूह चरणअन्तर्गत डेनमार्कको मिड्जील्यान्डविरुद्धको खेलमा १७ खेलाडी मात्र रहेको टिम बनाएको छ।

खेलाडीमा कोरोना संक्रमण भएपछि आयाक्सले समूह चरणको तेस्रो खेलमा १७ खेलाडी मात्र राखेको हो। च्याम्पियन्स लिगको समूह ‘डी’ मा रहेको आयाक्सले दुई खेलमा एक अंक मात्र जोडेको छ।