कोरोनाबाट पाल्पामा थप एकको मृत्यु

0
Shares

न्युज अफ नेपाल, पाल्पा ।

कोरोना सङ्क्रमणका कारण पाल्पामा एक जनाको मृत्यु भएको छ । पूर्वी पाल्पाको रामपुर नगरपालिका–७ का ४४ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय पाल्पाले पुष्टि गरेको छ ।

गत कात्तिक ५ गते कोरोना पुष्टि भइ लुम्बिनी मेडिकल कलेजमा उपचाररत ती पुरुषको सोमबार राति १ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । उनलाई स्वास प्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।

योसँगै पाल्पामा कोरोना कोरोनाका कारण ११ जनाको मृत्यु भएको छ । पाल्पामा हालसम्म एक हजार १५६ जना कोरोना सङ्क्रमित भएका छन् । तीमध्ये ९६६ जना कोरोना सङ्क्रमित निको भएर घरमा फर्किएका छन् ।