डोटीमा बालिका बलात्कारको आरोप लागेका प्रहरी पक्राउ, यस्तो छ घटनाको नालीबेली…

94
Shares

विमल विष्ट, डोटी ।

बालिका बलात्कारको आरोप लागेका जिल्लाको जोरायल गाउँपालिका-५ गड्सेरामा रहेको अस्थायी प्रहरी चौँकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहलाई पक्राउ गरिएको छ । निज प्रहरी जवानले सोही वडामा बस्ने १५ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा बालिकाका आफन्तले मुद्धा दर्ता गरेपछि पक्राउ परेका हुन् ।

बालिका बलात्कारको आरोप लागेका प्रहरी जवान सिंह चौँकीबाट एका एक सम्र्पक बिहिन भएपछि उहाँलाइ गएराती कैलाली जादै गरेकोे अवस्थामा सहजुरमा इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय डोटीमा बुझाएको छ ।

बलात्कारको आरोप लगेका जवान सिंहलाई आरोप प्रमाणित भए हदै सम्मको कानूनी कारवाहि हुने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रहरी जवानले बालिका बलात्कार गरेको आरोपमा मुद्धा दर्ता भएपछि मैले पक्राउ गरी कारवाहि गर्न आदेश दिएको छु, आरोप प्रमाणित भए हदै सम्मको कारवाहि हुन्छ, पीडितले न्याय पाउनु हुन्छ ।’

यसैगरी सो अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी प्रमुख तथा प्रहरी सहायक निरीक्षक चन्द्र भण्डारीलाई पनि आवस्यक सोधपुछ तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा झिकाइएको निमित्त प्रदेश प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो ।प्रहरीले बालिका बलात्कार गरेको भन्ने मुद्धा दर्तापछि अहिले जिल्लामा निकै खैला बैला मच्चिएको छ ।

उता सो अस्थायी प्रहरी चौँकीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक चन्द्र भण्डारीले घटना भएको दिन र समयमा प्रहरी जवान कहि कतै नगएको र व्यारेकमै रहेको दाबी गर्नु भयो । उहाँले भन्नुभयो, ‘मेरो प्रहरी जवान सिंह र निज बालिकाको प्रेम सम्बन्ध रहेको भन्ने मैले घटना भएपछि मात्रै जानकारी पाएको हुँ, राती कोठामा गएर घिसारेको, कुटपिट तथा बलात्कार गरिएको भन्ने आरोप छ, त्यो दिन मेरो प्रहरी व्यारेकमै छ, कहि गएको छैन, अन्य दिन यी दुइ जनामा के के हुन्थ्यो मलाई जानकारी भएन् ।’

प्रहरी जवान सिंहले यही कात्तिक १३ गते राति किशोरीलाई बलात्कारपछि हत्या प्रयास गरेको पीडित किशोरीका आफन्तले आरोप लगाएका छन् । राति ११ बजे किशोरीको घरमा उनी सुतेकै कोठामा पुगेर बलात्कार गरेको र उनलाई घिसार्दै घरदेखि तल रुखमा झुण्ड्याएको र पछि किशोरी अर्धचेत अवस्थामा भेटिएको पीडित किशोरीका बुवाको आरोप छ ।

के हो त खास घटना…

बझाङ जिल्ला घर भएका निज प्रहरी जवान सिंह बिगत दुइवर्षदेखि उक्त अस्थायी प्रहरी चौँकीमा कार्यरत रहेका थिए । त्यहाँ कार्यरत रहदा निज प्रहरी जवान र ती बालिका बिच चिनजान हुँनुका साथै माया प्रेम बसेको स्थानीयबासीबाट बुझिन्छ । प्रेम सम्बन्ध पश्चात उनीहरु बिच बिबाह गर्ने सहमति समेत भएको देखिन्छ ।

बिबाह गर्ने सहमती भएपनि पछि प्रहरी जवानले बिबाह नगर्ने भनेपछि आक्रोसमा पीडित भनिएकी बालिककाले आत्महत्या गर्न आफ्नै घर नजिक रहेको भिमलको रुखमा सिमेन्टको कट्टाको धागोले बाटिएको डोटीले आफै फाँसी लगाउन खोजेको र डोरी कम्जोर भएका कारण चुडिएको स्थानीयबासी बताउँछन् ।

बालिकाले आत्महत्या गर्न खोजेको घटना बाहिरिएपछि पीडित बालिका र पीडक भनिएका प्रहरी जवान बिच फाँसी लगाउन खोज्दा घाइते भएकी बालिकाको उपचार गरेपछि बिबाह गर्ने भन्ने सहमती भएको श्रोतले जानकारी दिएको छ । श्रोतले भन्यो,’पीडित भनिएकी बालिकाकी आमा उक्त अस्थायी प्रहरी चौँकीमा आएर त्यहाँ रहेका प्रहरी समक्ष मेरो छोरी निको भएपछि टिकाटोला लगाएर तिम्रो जिम्मा लगाउछु तिमीले लैजानु पर्छ भनेर मौखिक सहमती गराएको हो, पछि किन मुद्धा पर्‍यो, थाहा भएन् ।’

श्रोतले दुबै पक्ष बिच बिबाह गर्ने भन्ने सहमती भएको हो भनी दाबी गरेपनि प्रहरी भने यो विषयमा मौन बसेको छ । उक्त कुराको विषयमा प्रहरीले कुनैपनि कुरा खोलेको छैन् ।

गहिरो प्रेम सम्बन्धमा बसेका निज जोडी पछि पीडक भनिएका प्रहरी जवानले कुनै कारण नदेखाइ बिबाह नगर्ने बताएपछि ती बालिकाले आत्महत्या रोजेको त्यहाँका कतिपय स्थानीयबासीको बुझाइ रहेको छ । त्यो घटनालाई निकै नजिकबाट हेरेका एकजना स्थानीयबासीले भने,’केटा केटीको एक वर्ष पहिलेदेखि प्रेम सम्बन्ध भएको र पछि बिबाह नगर्ने केटाले भनेपछि केटी मर्न खोजेको देखिन्छ, यसलाई बलात्कार नै हो भन्न मिल्दैन तर पीडितले बलात्कार गर्‍यो भनेर मुद्धा दर्ता गरेका छन्, छानबिन तथा अनुसन्धानपछि सबै कुरो खुल्छ होला ।’